coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश तीनले विश्वविद्यालय गठन गर्ने

मकवानपुर - तीन नम्बर प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने भएको छ। मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले विश्वविद्यालय गठन गर्ने निर्णय गरेको हो।

विश्वविद्यालय गठनका लागि सामाजिक विकास मन्त्रालयले अध्ययन कार्यदल गठन समेत गर्ने भएको छ। मन्त्रीपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेका शान्ति पार्क छनौट गरी निर्माण गर्न स्थान छनोट गर्ने, प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक सुविधा सम्बन्धी ऐन २०७५ को अनुसुची १ र २ तथा ऐनको संशोधन गर्न बनेको विधेयक स्वीकृत गरेको छ।

त्यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको सहकारीमा आधारित सामुहिक खेति स्किम सञ्चालन गर्ने समेत निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए। बैठकमा मुख्यमन्त्री पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा सहभागी थिए।

प्रकाशित: ९ पुस २०७५ १४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App