coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

साताव्यापी जुत्ता चप्पल प्रदर्शनी पुस १३ देखि

काठमाडौं–राष्ट्रको समृद्धीको आधार, स्वदेशी उत्पादनको प्रयोग भन्ने मुल नाराका यही पुस १३ देखि १९ गतेसम्र्म १५औं राष्ट्रिय छाला जुत्ता चप्पल तथा वस्तुको औद्योगिक प्रदर्शनी हुने भएको छ। राजधानीको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीमा देशभरका साना, मझौला एवं ठूला उद्योगबाट उत्पादित जुत्ता ,चप्पल तथा छालाजन्य बस्तुहरु राखिने आयोजक फुटवेयर तथा म्यानुफ्याक्चरर्स एसोसिएसन नेपालले जनाएको छ।

नेपालभर छरिएर रहेका उद्योगहरुबाट उत्पादन भएका जुत्ता चप्पल तथा छाला जन्य बस्तुहरु उपभोक्ताहरु ले एउटै छानामुनि अवलोकन तथा छनौट गरी प्रतिष्पर्धी मूल्यमा खरीद गर्ने अवसर दिन पदर्शनी आयोजना गरिएको आयोजकको भनाइ छ। पर्दशनीले उद्योगलाई आवश्यक पर्ने सहायक कच्चा पदार्थ उपलव्ध गराउने व्यक्ती, उद्योगी, उपभोक्ता, उद्योगी र व्यापारी, नीति नियम बनाउने सरकारी निकायलगायतका सरोकारवालाबीच  एक अर्काका समस्या सुन्ने र सुनाउने अवसर प्रदान गर्ने अपेक्षा आयोजकको छ। प्रदर्शनीको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले उद्घाटन गर्ने तय  गरिएको छ।

स्वदेशी जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको उत्पादनमा क्रमिक रुपमा सुधार आएपनि आन्तरिक तथा बाह्य वजार प्रवद्र्धन गर्ने कार्यक्रमको अभाव भएको अवस्थामा यस्तो औद्योगिक प्रदर्शनीले स्वदेशी वस्तुको आन्तरिक एवं बाह्य वजारसमेत विस्तार गर्न मद्दत पुग्नेमा आशा आयोजकको छ।

प्रकाशित: ९ पुस २०७५ १२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App