coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

डिसहोम भन्छ- ९ वर्षमा ४ अर्व राजश्व बुझाइयो

काठमाडौं– डिजिटल टिभी सेवा प्रदायक डिस होमले मुलुकभरका टिभी जडान भएका घरहरुमध्ये आफ्नो बजार हिस्सा २५ प्रतिशत रहेको जनाएको छ। आज एक पत्रकार सम्मेलन गर्दै  डिस मिडिया नेटवर्कले हालसम्म १५ लाख सेट–टप बक्स बिक्रि गरिसकेको जनाएको छ।

विज्ञप्तीअनुसार संस्था संचालनमा आएको ९ बर्षमा  ४ अर्व १० करोड ९१ लाख रुपैयाँ नेपाल सरकारलाई विभिन्न शिर्षकमा कर बुझाएको छ। यीमध्ये संस्थाले भन्सार कर तर्फ . ८७ करोड २० लाख , ग्राहकबाट संकलित मूल्य अभिबृद्धि करतर्फ २,अर्ब ५२ लाख रुपैैँया राजस्व बुझाइएको डिस मिडियाले जनाएको छ। त्यस्तै रोयल्टीतर्फ १९ करोड ३५ लाख, लाईसेन्स नविकरणवापत ४ करोड ६८ लाख, आयकर तर्फ ४५ करोड ३० लाख र ग्राहकहरुबाट संकलित टिडिएसतर्फ ५३ करोड २५ लाख रुपैयाँ कर गत अवको अन्त्यसम्ममा बुझाई सकेको जनाएको छ ।

प्रकाशित: ९ पुस २०७५ ११:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App