coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बुटवल उपमहानगरका वडा सचिव घुससहित पक्राउ

खस्यौली- अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले घुससहित वडा सचिवलाई पक्राउ गरेको छ। 

बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार काउचालाई साेमवार ५ हजार रूपैयाँसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो।

सो सम्बन्धि अनुसन्धान भइरहेको आयोगका प्रमुख रवी पन्थले जानकारी दिए। पक्राउ परेका काउचालाई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने उनले बताए।

उनले बसाइँसराइको कागजात मिलाउने विषयमा सेवाग्राहीसँग घुस लिएका थिए। 

प्रकाशित: ९ पुस २०७५ १०:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App