coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

शेयर बजारमा ७९ करोडको कारोबार, ६.४४ अंकले घट्यो नेप्से

काठमाडौं– शेयर बजारमा आज ७९ करोड ८७ लाख रुपैयाँको शेयर किनबेच भएको छ। कुल १६८ कम्पनीका २२ लाख ७६ हजार १७५ कित्ता शेयरहरुको खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज मूख्य सेयर सूचक नेप्से ६.४५ अंकले घटेर ११सय ९१ अंकमा पुगेको नेप्सेले जनाएको छ।
आइतबार ८७ करोड रुपैयाँको कारोबारसहित परिसूचक ३२ अंकले बढेको थियो। बैकहरुले भद्रसहमति गर्दै निक्षेपमा ९.५ प्रतिशतमा व्याजदर सिमित राख्ने भद्र सहमति गरेसँगै आईतबार शेयरबजारमा उछाल आएको थियो।

आज समूहगत कारोबारतर्पm ७ समूह सूचक घटेका छन् भने ४ समूहमा बृद्धि आएको छ। बढ्नेमा सबैभन्दा धेरै जीवन बिमा समूहको ६८.२८अंकले बृद्धि भएको छ भने फाइनान्स समूह ५ अंकले बढेको छ। घट्नेमा सबैभन्दा धेरै होटल समूहको ३२.६६ र निर्जीवन बिमाको २०.४७ अंकले गिरावट आएको छ।
सोमबार सबैभन्दा धेरै एनएमबी बैंकको ९ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। प्राइम कमर्शियल बैंकको ८करोड २६ लाख रुपैयाँको प्रवर्दक शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

प्रकाशित: ९ पुस २०७५ १०:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App