coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बसको ठक्करबाट मृत्यु भएपछि घोराही तनावग्रस्त

दाङ– बसको ठक्करबाट एक जनाको मृत्यु भएपछि दाङको घोराही बजार तनावग्रस्त बनेको छ। मृतकका आफन्तहरुले अहिले बजार पूर्ण रुपमा ठप्प पारेका छन् भने यातायात सेवा समेत ठप्प बनेको छ। प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ।   

घोराही उपमहानगरपालीका वडा नम्बर १४ स्थित शहीद लखनपार्क नजिक लु २ ख १६०२ नम्वरको वसले रा ३ प १९७४ नम्वरको स्कृटीलाइ ठक्कर दिँदा घोराही उपमहानगरपालिका वडा नम्बर १८ का फुर्सेखालीका  मेघराज पुनको मृत्यु भएको हो। मृतकका आफन्तहरुले ठक्कर दिने बसमाथि तोडफोड गरेका छन्। स्थानीयहरु आक्रोशित बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। 

अहिले मृतकका आफन्तहरुले घोराही बजारमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्। उनीहरुले बजार बन्द गर्ने क्रममा केहि पसलमा तोडफोड समेत गरेका छन्। बसका चालकलाई कडा कारवाहीको माग गर्दै स्थानीयहरु सडकमा उत्रिएका हुन्। यातायात सेवा ठप्प पारिएपछि अहिले यात्रुहरु अलपत्र परेका छन्। 

प्रकाशित: ९ पुस २०७५ ०९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App