coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कालिकोटका आगलागी पीडितलाई बसोबासको व्यवस्था मिलाउन कांग्रेसको माग

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कालिकोटका आगलागी पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। 

कांगेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सोमवार जारी विज्ञप्तिमा पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन र घाइतेको स्वास्थ्योपचारको व्यवस्था मिलाउन सरकारसंग माग गरिएको छ। 

‘कालिकोटको पलापा १ स्थित खाँडागाउँको आगलागी घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारले यथाशिघ्र आगो नियन्त्रणका लागि सम्बन्धित निकायलाई परिचालन गर्न, पीडितको उद्धार गर्न, अस्थायी बसोबासको व्यवस्था मिलाउन र घाइतेको स्वास्थ्योपचारको व्यवस्था मिलाउन सरकारसंग माग गर्दछौं।’

खाँडागाउँमा आइतवार राती २ बजेदेखि लागेको अहिलेसम्म पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन्। पानी नभएको खाँडागाउँमा आगलागीबाट ८७ घर जलेर नष्ट भएका छन्। उक्त आगलागीमा कुनै पनि मानवीय क्षति नभएतापनि सात जना घाइते भएका छन्। एक जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। आगलागीमा परी चौपायाको पनि क्षति भएको छ। 

प्रकाशित: ९ पुस २०७५ ०९:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App