६ वैशाख २०८१ बिहीबार
समाज

प्रशासनद्वारा सडेको मासु  बरामद

पौष - जिल्ला प्रशासन कार्यालय रामेछापले सोमवार सदरमुकाम मन्थलीमा गरेको अनुगमनका क्रममा विभिन्न मासु पसलहरुबाट विक्रि गर्न राखिएको ६७ किलो सडेको (खान अयोग्य) मासु बरामद गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईको नेतृत्वमा गएको संयुक्त बजार अनुगमन टोलीले मन्थली बजारमा संचालनमा रहेको मासु पसलहरु अनुगमन गर्ने क्रममा तीन ओटा मासुपसलबाट उपभोग गर्न नमिल्ने मासु बरामद गरी जरिवाना समेत गराएको छ।

अनुगमन टोलीले जुनेश मासु पसलबाट कुखुराको मासु ४६ किलो र ससेस ९ किलो, न्यु फेमस मिट सपबाट राँगाको मासु १० किलो र मन्थली मासु पसलबाट कुखुराको २ किलो मासु बरामद गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेलले जानकारी दिए। ती पसलहरुलाई कारबाही स्वरुप फेमस मिट सपलाई ५ हजार र जुनेश मासु पसललाई २ हजार रुपैयाँ जरिवाना गराई आगामि दिनमा सजग रहन चेतावनी समेत दिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले पछिल्लो समय जिल्लामा बजार अनुगमन कार्यलाई प्राथमिकता दिई नियमित गर्न थालेपछि व्यापारी र उपभोक्ताहरु सजग हुन थालेका छन्।

 

प्रकाशित: ९ पुस २०७५ ०९:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App