काठमाडौं- आयोजक नेपाल व्यायाम मन्दिरका अर्जुन वर्णवाल चौधौं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको फाइनल चरणमा पुगेका छन्। उनी पोखरामा सम्पन्न मिस्टर बुल्सम्यान शारीरिक सुगठनका विजेता हुन्। ८० केजी माथिको तौल समूहमा वर्णवाल सँगै प्लानेट फिटनेसका प्रकाश राई, सेप टु फिटनेसका विजयत्तम बज्राचार्य, व्यायाम मन्दिरका गिरीश महर्जन र चितवनका बोधबहादुर खड्का फाइनल चरणमा पुगेका छन्।
नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको प्रतियोगिताको प्रिजजिङ राउन्डबाट फाइनल चरणमा पुग्ने ८० केजीबाट फिटनेस स्टुडियोका महेश मर्हजन, न्यु फ्लेक्सका नरेश मालाकार, ब्रदर एन्ड सिस्टरका तुलबहादुर श्रेष्ठ, फ्लेक्सका बालमुकुन्द अवाल, सेपका महेश्वर महर्जन र शंखमूलका मुकेश ज्यापु छन्। महेश्वर भुटानमा सम्पन्न एसियन च्याम्पियनसिपमा आफ्नो तौल समूहका विजेता हुन्।
७५ केजीमा फ्रिडम फिटनेसका मिलनविक्रम सिजापती, नेपाल जिमका नवीन राना, सेप टुका प्रवेश श्रेष्ठ, मिड वेस्टर्नका लविन गाहा, ग्रिन विसका उमेश राई र फिटनेस वर्ल्डका दिनेश मानन्धर फाइनल पुगे। ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
बिहीबार महाराजगन्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रि–जजिङबाट ७० केजीको फाइनल चरणमा सेपका राजेश मगर, सिटी हेल्थका बिसुराम केसी, व्यायाम मन्दिरका रामहरि खनाल, सेप टुका किरण यादव, रिभर फिल्डका अशोक महर्जन र फिटनेस स्टुडियोका चन्द्रकुमार केसी छन्।
६५ केजीमा बुटवलका बृजेन्द्रमान श्रेष्ठ, कम्प्लिट हेल्थका अनिललाल श्रेष्ठ, व्यायाम मन्दिरका रोशनविक्रम शाही, यारो फिटनेसका विकास धिमाल, फिटनेस स्टुडियोका अजयकुमार गुप्ता र व्यायाम मन्दिरका रामबहादुर दाहाल छन्।
६० केजीमा न्यु फ्लेक्सका रमेश कार्की, मिड वेस्टर्नका नवीनकुमार योगी, व्यायामका आशिष धेवाजु र प्रकाशबहादुर कार्की, सिटी फिटनेसका सुपेन्द्र डंगोल र व्यायामकै सन्जिवकुमार श्रेष्ठ तथा ५५ केजीमा बुल्स जिमका सुरेश गुरुङ, व्यायामका विष्णुबहादुर सिंह र सुशील बिन्दुकार, रत्नश्रीका कमल भण्डारी, आइस्टरका पुकारविक्रम शाह र कालिमाटी फ्रेन्डसिप जिमका सबिन महर्जन फाइनल चरणमा पुग्न भए। ७० केजीमा १०, ६५ केजीमा ९, ६० केजीमा ११ र ५५ केजीमा १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
फाइनल चरण शुक्रबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। प्रत्येक समूहका विजेता खेलाडीले धर्मश्री उपाधिलाई प्रतिस्पर्धा गर्नेछन्। धर्मश्री विजेताले ५ लाख नगद पुरस्कार जित्नेछ।
प्रकाशित: १४ आश्विन २०७३ ०२:११ शुक्रबार