किशोरी केरुङ लान गिरोह सक्रिय

सोमबार, ०९ पुष २०७५, ०८ : ०९ नागरिक

रसुवा – चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङ बजारमा जान कडाइ गरिएपछि दलालले यसको फाइदा उठाउन थालेका छन्। उमेर नपुगेका, अभिभावकबिना जाने तथा बाहिरी जिल्लाका किशोरीलाई केरुङ जान रोक लगाइएपछि दलाल सक्रिय भएका हुन्। केरुङमा किशोरी लैजान गिरोह सक्रिय भएको माइती नेपालले जनाएको छ।

एक किशोरी लगेबापत १० हजारदेखि २५ हजार रुपैयाँसम्म दलालले लिने गरेको पाइएको छ। संस्थाले पाँच महिनामा रसुवागढी नाकाबाट १ सय १० किशोरी फिर्ता गरेको छ। रोजगारीका लागि केरुङ जान लागेका उनीहरूलाई घर फर्काइएको हो। चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म १ सय १० किशोरी फर्काइएको र एक जनाको उद्धार गरिएको जिल्ला कार्यक्रम संयोजक लालुमाया घलेले जानकारी दिइन्। ‘नाका खुलेपछि रोजगारीका लागि केरुङ जाने क्रम बढेको छ,’ उनले भनिन्।

उमेर नपुगेका र अभिभावकबिना केरुङ हिँडेका किशोरीलाई नाकाबाटै फिर्ता गरिएको उनले बताइन्। श्रीमान्–श्रीमती बनेर जानेलाई पनि विवाह दर्ता नभए फिर्ता गर्ने गरिएको उनको भनाइ छ। २० वर्ष उमेर नपुगेकालाई त्यहाँ जान रोक लगाइएको माइती नेपालले जनाएको छ।

केरुङमा करिब पाँच सय किशोरी कार्यरत् रहेको संस्थाले जनाएको छ। जसमा तीन सयको हाराहारीमा रसुवाका किशोरी छन्। संस्थाले सन् २०१८ मा सञ्चालन गरेको सामाजिक परिचालन तथा जनचेतनामूलक कार्यक्रमको वार्षिक प्रगति पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। केरुङमा कार्यरत् किशोरीले मासिक १५ हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन्। त्यहाँ रहेका महिला १६ वर्षदेखि २५ वर्षसम्म उमेरका धेरै छन्। जिल्लाबासीलाई एक वर्षको पास उपलब्ध गराउने हुँदा त्यहाँ जान सजिलो छ। राहदानी बनाउन नपर्ने, खर्च कम लाग्ने र आम्दानी राम्रो हुने आसामा पढाइ छोडेर किशोरीहरू केरुङ जाने गरेका छन्। श्रीमान् विदेश गएका, आर्थिक अवस्था कमजोर भएका, अभिभावकविहीनहरू बढी जोखिममा पर्छन्।








यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad