काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले बैठकमा उपस्थित हुन नसक्ने भएपछि स्थगित गर्नुपरेको हो।
मंसिर २९ गतेबाट जारी बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरुले प्रश्नसहित आआफ्नो धारणा राखेका थिए। आज अपराह्न साढे ४ बजे बस्ने भनिएको बैठकमा ओली र दाहालले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने कार्यतालिका थियो।
अर्काे बैठक मंसिर ११ गते बुधवार बस्ने प्रवक्ता श्रेष्ठले बताए।
प्रकाशित: ८ पुस २०७५ ११:५१ आइतबार