८ वैशाख २०८१ शनिबार
समाज

ट्रिपरको ठक्करबाट एककाे मृत्यु, एक गम्भीर घाइते

रामेछाप - रामेछाप लिखु तामाकोसी गाउँपालिका ४ विजुलीकोट स्थित कल्लेरीमा आइतबार ट्रिपरको ठक्करबाट एक महिला पैदलयात्रीको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएकी छिन्।

पोकुखोलाबाट कल्लेरी आउँदै गरेको बा४ख २४२५ नम्वरको ट्रिपरले ठक्कर दिँदा लिखु तामाकोशी गाउँपालिका ४ की ४८ वर्षीय मैना तामाङको घटनास्थलमै मुत्यु भएको हो भने सोही ठाउँकी ५० वर्षीय रत्नमाया तामाङ गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता शेख अदालतले जानकारी दिए।

घाइते तामाङलाई उपचारका लागि काठमाडौं रिफर गरिएको छ।  ठक्कर दिने ट्रिपर चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रवक्ता अदालतले जानकारी दिए। केहि समय अघि मात्र लिखु तामाकोशी गाउँपालिकामा ट्रिपरको ठक्करबाट एक महिलाको ज्यान गएको थियो। उक्त सडकमा पछिल्लो समय सडक विस्तार भइरहेको र सोही रुट हुँदै लिखु ४ जलविद्युत आयोजना लगायत अन्य आयोजना र विकास निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्री लिएर बाक्लै रुपमा ट्रिपर संचालन हुने गरेका छन्। ट्रिपर बाक्लै संचालन भएसँगै दुर्घटना पनि बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन्। 

प्रकाशित: ८ पुस २०७५ ११:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App