१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कालो चरेश सहित महिला पक्राउ

तस्बिर : दिनेश/नागरिक

रोल्पा - रोल्पा प्रहरीले ५ किलो चरेस सहित एक महिलालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सुलिचौर थवाङ सडक खण्डमा संचालन गरिएका सवारी साधनलाई चेक जाँच गर्ने क्रममा उक्त चरेस पक्राउ गरिएको हाे। सुनछहरी गाउँपालिकाको फुलिवन हुँदै सुलिचौर तर्फ आउँदै गरेको रा.१ज. ६८९ नं. को जीपलाई चेकजाँच गर्ने क्रममा रोल्पा थवाङ गाउँपालिका वडा नं. ५ की ५५ बर्षीया वरमाया पुन चरेस सहित पक्राउ परेकी हुन्। 

रोल्पा प्रहरी प्रमुख डिएसपी दिपक खड्काका अनुसार उनलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत रोल्पाबाट १० दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ। रोल्पामा ठुलो मात्रामा चरेस उत्पादन र निकासि हुने गरेको सुचनाका आधारमा रोल्पा प्रहरीले चरेश निकासि हुनसक्ने नाका र सवारी साधनमा चेक जाँच बढाएको जनाएको छ।

 

प्रकाशित: ८ पुस २०७५ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App