coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

महासमिति बैठकले पार्टीमा नयाँ तरंग ल्यायो : नेता पौडेल

तनहुँ – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकले पार्टीमा नयाँ तरंग ल्याएको बताएका छन्। महासमिति बैठकले निर्माण गरेका मस्यौदा लोकतान्त्रिक र समावेशी बनेको बताउदै नेता पौडेलले निराश भएका भनिएका महासमिति सदस्यहरू समेत पार्टीको विद्यान निर्माणपछि निराश हुन नपर्ने बताए। 

‘नेपाली कांग्रेसको महासमिति बैठकले पार्टीभित्रका कतिपय कमजोरीलाई चिराफारा पनि गर्यो र पार्टीलाई सुधार्ने दिशामा निकै महत्वपूर्ण योगदान महासमितिबाट भएको छ,’  उनले भने, ‘त्यो भन्दापनी महत्वपुर्ण योगदान विधान बनेको छ, यो दुनियामै लोकतान्त्रिक छ।’ पार्टीको अहिले बनेको विधानले पार्टीको आन्तरिक लोकतन्त्रलाई सबल बनाउन सहयोग पुग्ने पौडेलको भनाई छ।

विधान अनुसार पार्टी लोकतान्त्रिक भएर समाजलाई समेत लोकतान्त्रिक बनाउन आवश्यक रहेको उनको भनाइ छ। अहिले महासमितिको बैठकबाट बनेको विद्यानले पार्टीमा कृपावादको अन्त्य भएको बताउदै उनले भने, ‘पार्टी अधिकांश महत्वपूर्ण पदमा निर्वाचन भएर आउने भएपछि पार्टीमा क्षमता भएका नेता पदमा पुग्ने अवसर आएको छ।’

पार्टीलाई धार्मिक विवादमा तान्न हुँदैन
महासमिति बैठकमा कांग्रेसका नेताहरूले धर्मको विषयमा कुरा उठाएको भन्दै पौडेलले नेपाल एक धार्मिक स्वतन्त्रता भएको मुलुक भएकाले पार्टीलाई धार्मिक विवादमा तान्न नहुने बताए। ‘सबै धर्म मान्न पाउने अधिकार छ,यस विषयमा पार्टीले विवाद गरेर बस्नु उपयुक्त हुँदैन,’ उनले भने।

सरकारको काम गराई मिलेन
नेता पौडेलले सरकारले नालायकी पन देखाएको बताएका छन्। ‘सरकारको भनाई अनुसारको काम गर्न सकेको छैन्,’ उनले भने। अहिले सरकारको विषयमा प्रतिपक्षीले भन्दापनि नेकपा भित्रै चरम असन्तुष्टि बढेको छ। यसले सरकारको काम गराइलाई प्रष्ट पार्दछ। कम्युनिष्ट पार्टीभित्रै सरकारको काम गराइका बारेमा असन्तृष्टी बढेको छ उनले भने।   

प्रकाशित: ८ पुस २०७५ ०९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App