८ वैशाख २०८१ शनिबार
खेल

नेपाललाई नामिबियाले दियो २ सय ४० रनको लक्ष्य

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा नामिबियाले नेपालसामु २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर २ सय ३९ रन बनाएको हो। नामिबियाका लागि स्टेफलले ५१, पिकिया फ्रान्सले ४, जेन ग्रिनले ४७, गेरहार्ड इरासमुस ३, गेरी स्निम्यान शून्य, लोहन लोरेन्स १०, निकोलस ७ र जेपी कोत्जे ३२, जेजे स्मित १४ रन बनाएर आउट भए। सुरेल बर्गरले अविजित ४३ रन बनाए।

नेपालका लागि बसन्त रेग्मी, शक्ति गौचन र सन्दीप लामिछानले समान दुई विकेट लिए।

अर्को जितको खोजीमा नेपाल
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सोमबार नामिवियाविरुद्ध नेपालले घरेलु मैदानमा अर्को जित निकाल्ने लक्ष्यका साथ खेल्नेछ। शनिबार किर्तिपुर स्थित त्रिवी मैदानमा नेपालले नामिवियालाई ५ विकेटले पराजित गरेको थियो। शरद भेषवाकरको अधसतकप्रेरित नेपालले १७ बल अघि नामिवियाले दिएको १ सय ९६ रनको लक्ष्य पूरा गर्दै प्रतियोगितामा पहिलो जित निकालेको थियो।

प्रकाशित: ७ वैशाख २०७३ ०२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App