coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ट्यांकर र स्काभेटरमा आगलागी

उदयपुर - सौर्य सिमेन्ट उद्योगको उदयपुरस्थित खानीमा रोकेर राखेको ट्यांकरमा गएराति आगलागी हुँदा ट्यांकरको तेल र २ स्काभेटर जलेर क्षति पुगेको छ। जिल्लाको कटारी नगरपालिका ८ गालटारस्थित सिमेन्टको चुनढुंगा खानीमा रोकेर राखेको ना १ क ८९७७ नं. को ट्यांकरमा मध्यराति भएको आगलागीबाट करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

खानीमा डिजेलसहितको रोकिराखेको ट्यांकरमा आगलागी हुँदा ट्यांकरमा रहेको ६ हजार लिटर डिजेल, नजिकै रहेका २ वटा ड्रमको ४ सय ६० लिटर डिजेल र आसपासमै रहेका २ वटा कोमात्सु कम्पनीका स्काभेटरसमेत जलेर पूर्णरुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी उदयपुरले जनाएको छ। आगलागीबाट ३ करोड बराबरको क्षति भएको प्रहरी मुचुल्का तयार भएको छ। आगो के कारण लाग्यो भन्ने विषय खुल्न नसकेको हुनाले अनुुसन्धान भईरहेको एसपी चन्द्रदेव राईले बताए। 

प्रकाशित: ८ पुस २०७५ ०७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App