coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बार्सिलोनालाई ३ अंककाे अग्रता, स्पानियोलमाथि एथ्लेटिकोको जित

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले ३ अंकको स्पष्ट अग्रता लिएको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सेल्टा डि भिगोलाई २–० ले हरायो। खेलको १० औं मिनेटमा ओस्मान डेम्बेलेको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो।

जोडी अल्बाको पासमा लियोनल मेस्सीको प्रहार सेल्टाका गोलकिपरले बचाएका थिए। सोही रिबाउण्ड बलमा डेम्बेलेले गोल गरे। ४५ औं मिनेटमा मेस्सी आफैंले गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले २–० को अग्रता लिएको थियो। मेस्सीले जारी सिजन लिगका १७ मध्ये १५ खेलमा गोल गर्दा १० असिस्ट गरिसकेका छन्।

दोस्रो हाफमा बार्सिलोनाले थप गोल नगरेपनि सेल्टा खेलमा फर्कन सकेन्। जितसँगै १७ खेलबाट ३७ अंक जोडेको बार्सा तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट २१ अंक जोडेको सेल्टा १० औं स्थानमा छ।

अर्को खेलमा एथ्लेटिको मड्रिडले स्पानियोललाई १–० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ। एथ्लेटिकोको जितमा खेलको ५६ औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले पेनाल्टीमा गोल गरे। जितसँगै एथ्लेटिकोको ३४ अंक भएको छ। पराजित स्पानियोल भने १३ औं स्थानमा छ।

प्रकाशित: ८ पुस २०७५ ०६:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App