सोल्सजायरलाई स्थायी हुने मन

आइतबार, ०८ पुष २०७५, १० : ५८ एजेन्सी

म्यानचेस्टर –  म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक ओले गुनर सोल्सजायरले शुक्रबार आफूलाई क्लबको स्थायी प्रशिक्षकको जिम्मेवारी पनि मन पर्ने बताएका छन्।

म्यानचेस्टरमा पहिलो पटक पत्रकार सम्मेलन गर्दै प्रशिक्षक सोल्सजायरले स्थायी रूपमा बस्नेबारे नबोल्ने बताउँदै भने, ‘यद्यपि, मलाई स्थायी प्रशिक्षण मन पर्छ।’ ४५ वर्षे नर्वेली प्रशिक्षक सोल्सजायरले यस सिजनसम्मका लागि मात्र जिम्मेवारी पाएका हुन्। गत मंगलबार युनाइटेडले जोजे माउरिन्होलाई बर्खास्त गरेको थियो।

तर, बुधबार नै पूर्वखेलाडीसमेत रहेका सोल्सजायरलाई ओल्ड ट्राफोर्ड क्लब युनाइटेडले अन्तरिम प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो। युनाइटेडले नर्वेको क्लब मोल्डेबाट सोल्सजायरलाई लोनमा ल्याएको थियो। ‘जब यति ठूलो अवसर र प्रस्ताव पाइन्छ, पक्कै पनि सहजै स्वीकार्य हुन्छ,’ प्रशिक्षक सोल्सजायरले भने, ‘यो अवसरमा एकदम खुसी छु। बाँकी छ महिना पनि क्लबका लागि राम्रै गर्नेछु।’

उनले धेरै प्रशिक्षकमा युनाइटेडको पूर्ण जिम्मेवारी पाउने चाहना हुने बताउँदै भने, ‘म पनि तीमध्ये एक हुँ। तर त्यो जिम्मेवारीका लागि आफूलाई प्रमाणित गर्नुपर्दछ। त्यसैले बाँकी छ महिना राम्रो गर्नेछु।’

‘यही क्लबबाट मैले खेलाडी जीवनमै पनि उत्कृष्ट प्रशिक्षक (पूर्वप्रशिक्षक एलेक्स फर्गुसन) सँग काम गरेको छु। जहाँ मैले कसरी खेलाडीसँग काम गर्ने भन्ने सिकेको छु। सोही तवरबाट युनाइटेडका खेलाडीसँग आगामी दिन काम गर्नेछु।’

‘यही क्लबबाट मैले खेलाडीजीवनमै पनि उत्कृष्ट प्रशिक्षक (पूर्वप्रशिक्षक एलेक्स फर्गुसन) सँग काम गरेको छु। जहाँ मैले कसरी खेलाडीसँग काम गर्ने भन्ने सिकेको छु। सोही तवरबाट युनाइटेडका खेलाडीसँग आगामी दिनमा काम गर्नेछु।’ उनले युनाइटेडका पूर्वप्रशिक्षक एलेक्स फर्गुसनलाई उत्कृष्ट प्रशिक्षकको संज्ञा दिए।

फर्गुसनले इङ्लिस फुटबलमा दबाबमा रहेको युनाइटेडलाई माथि उठाउँदै १३ पटक प्रिमियर लिग उपाधि दिलाउँदा दुई पटक च्याम्पियन्स लिगको उपाधिसमेत चखाएका थिए। सन् २०१४ मा सोल्सजायरले प्रिमियर लिग क्लब कार्डिफ सिटीको प्रशिक्षण समालेका थिए। तर, सोही सिजन क्लबलाई रेलिगेसनबाट भने बचाउन सकेनन्।

त्यसपछि भने उनी सन् २०१५ मा पूर्वक्लब मोल्डेकै प्रशिक्षण सम्हाल्न पुगेका थिए। कार्डिफमा गरेको गल्तीबाट आफूले धेरै कुरा सिकेको बताउँदै सोल्सजायरले सबै खेलाडीसँग राम्रो सम्बन्ध राख्ने उल्लेखसमेत गरे।

‘सबै खेलाडीसँग हरेक स्थानमा प्रशिक्षकको राम्रो सम्बन्ध हुनुपर्दछ,’ प्रशिक्षक सोल्सजायरले भने, ‘पोग्बाजस्ता खेलाडीलाई बेन्चमा राख्ने कुनै प्रशिक्षकको पनि चाहना हुँदैन।’ फर्गुसनकै पालामा खेलाडी रहेका सोल्सजायरले युनाइटेडबाट ११ सिजन खेलेका थिए।

सन् १९९९ को च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिखविरुद्ध युनाइटेडका लागि उनले गरेको गोलले तत्कालीन समयमा निकै चर्चा बटुलेको थियो। उनले युनाइटेडबाट सन् १९९८–९९ को सिजनमा क्लबलाई च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपसमेत दिलाएका थिए। युनाइटेडबाट उनले २ सय ३५ खेलमा ९१ गोल गरेका थिए।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

यसै खुशियालीमा कम्पनीले लिमिटेड ईडिसन एफसी बार्सिलोना रेनो १०एक्स जुम सिरिजपनि बार्सिलोनामा सार्वजनिक गरेको छ। ...

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रा. लि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र...

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad