coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा तीनको मृत्यु, एक गम्भीर

खोटाङ – ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीनको मृत्यु भएको छ। दिक्तेलबजारबाट शनिबार राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा जाँदै गरेको को २ त ५६६० नम्बरको खाली ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको कालीखोलामा पल्टिँदा दुई जनाको घट्नास्थलमै र एक जनाको उपचारकोक्रममा मृत्यु भएको हो।

ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खस्दा निर्मलीडाँडाका ट्याक्टर चालक तथा ट्याक्टर धनी ३५ वर्षीय मिनप्रसाद लुईटेल र सोही ठाउँका २१ वर्षीय माईकल राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। गम्भीर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका १८ वर्षीय खेमराज भुजेलको जिल्ला अस्पतालमा उपचारकोक्रममा आइतबार बिहान मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका निर्मलीडाँडाका २१ वर्षीय दुर्गाबहादुर लुईटेलको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि दुर्गाबहादुरलाई हेलीकोप्टर चार्टर गरेर काठमाडौं लैजाने तयारी गरिएको डिएसपी केसीले बताए। ट्याक्टर दुर्घटनाको कारण खुल्न सकेको छैन।

प्रकाशित: ८ पुस २०७५ ०२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App