coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

'उखुमा सँधै किचलो'

विराटनगर - इष्टर्न सुगर मिलले उखु क्रसिङ सुरु नगरेपछि पूर्वका उखु किसान  चिन्तित बनेका छन्। समयमा क्रसिङ सुरु नभएका कारण  उत्पादन भएको उखु खेतमै सुक्ने चिन्ताले किसानलाई सताउन थालेको छ।

वर्ष भरी गरेको मेहनतको फल पाउने बखतमा उखु मिलले मूल्य घटाउन बखेडा गरिरहेको किसानकाे आरोप छ। पूर्वमा एकाधिकार रहेको इष्टर्न सुगर मिलले मूल्य घटाउने उद्देश्य राखेर उखुको क्रसिङ रोकेपछि किसान समस्यामा परेका हुन्। उखु क्रसिङ ढिलो हुँदा किसानले उत्पादन गरेको उखु खेतमै सुक्ने अवस्थामा पुगेको उखु किसान ध्रुवराज कोइराला बताउँछन्। ‘खेतमा उखु सुक्न थालिसक्यो’ कोइरालाले भने, ‘मिल खुल्ने अत्तोपत्तो छैन।’ उखु मिलले क्रसिङ सुरु गर्ला भन्ने आशामा रहेका किसानलाई भेला गरेर मूल्य घटाउने प्रस्ताव इष्टर्न सुगर मिलले राखेपछि आफूहरू अलमलमा परेको कोइरालाले बताए। मिलका सञ्चालहरूले प्रोजेक्टर देखाएर उखुको मूल्य घटाउने प्रस्ताव राखेको कोइरालाको भनाई छ। उनले भने ‘उखु क्रसिङ थाल्नु पर्नेमा प्रोजेक्टर देखाएर मूल्य घटाउन खोज्नुले उखुमिलको नियत ठीक देखिंदैन।’

कहिले पैसा समयमा नदिने, कहिले सरकारले तोकेको मूल्य नदिने त कहिले वखेडा झिकेर उखुको मूल्य घटाउन खोज्ने उद्योगको व्यवहारका कारण आफूहरू हैरान भइसकेको कोइरालाले बताए।

कहिले पैसा समयमा नदिने, कहिले सरकारले तोकेको मूल्य नदिने त कहिले वखेडा झिकेर उखुको मूल्य घटाउन खोज्ने उद्योगको व्यवहारका कारण आफूहरू हैरान भइसकेको कोइरालाले बताए। उनले भने ‘उखुमिलको व्यवहारले हामी हैरान भइसक्यौं।’ शुक्रबार विराटनगरमा किसानको भेला गरेर उखुमिलका सञ्चालक हितेस गोल्छाले उखुको मूल्य प्रतिक्वीन्टल ३ सय ६५ रुपैयाँ बनाउन प्रस्ताव गरेका थिए। उनले गत वर्षकै चिनी नविकेकाे कारण देखाउँदै उखुको मूल्य घटाउन किसानलाई प्रस्ताव राखेका थिए। तर, किसानहरूले उखुको मूल्य घटाएर बेच्न आफूहरू नसक्ने बताएपछि उखुमिल र किसानबीचको वार्ता पनि असफल भएको थियो। वार्ता असफल भएपछि उखुको क्रसिङ कहिलेदेखि खुल्ने भन्ने यकिन हुन नसकेको किसानहरूले बताएका छन्।

मोरङ धनपालथानका किसान रामलाल साहले उखु क्रसिङ सुरु नहुँदा आफूहरू मर्कामा परेको बताए। उनले तत्काल क्रसिङ सुरु गर्न माग पनि गरे । किसानहरूले आफूखुसी उखुको मूल्य नतोकेकोले सरकारले तोकेको मूल्य उखुमिलले विना हिचकिटाहट दिनुपर्ने साहको धारणा छ। ‘देशभरका किसानले सरकारले तोकेको मूल्य पाएका छन्’ उनले भने ‘हामीले चाहिं किन नपाउने?’ गत वर्ष इष्टर्न सुगर मिलले ११ लाख ७८ हजार क्वीन्टल उखु क्रसिङ गरेको थियो। गत वर्ष पनि किसानलाई तत्कालै रकम भुक्तानी गर्ने आश्वासन दिएर उखुमिलले उखुकिसानलाई तोकिएको भन्दा कम मूल्य भुक्तानी गरेको थियो। गतवर्ष सरकारले ५ सय ३१ रुपैयाँ प्रतिक्वीन्टल उखुको मूल्य तोकेपनि मिलले ५ सय १ रुपैयाँका दरले मात्रै  भूक्तानी दिएको थियो। नेपाली उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकाले विदेशबाट चिनी आयातमासमेत प्रतिबन्ध लगाएको छ। तर, अझै पनि चिनी उद्योगहरू विभिन्न बहाना बनाएर उखु किसानलाई तोकिएको मूल्य तिर्न तयार देखिएका छैनन्। उखुकिसानका अनुसार उखु उत्पादनका लागि खर्च  नै प्रतिक्वीन्टल ३ सय रुपैयाँ भन्दा बढी पर्ने भएकाले  उद्योगले प्रस्ताव गरेको मूल्यमा उखु बेच्न सक्ने अवस्था छैन। 

प्रकाशित: ७ पुस २०७५ १५:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App