८ वैशाख २०८१ शनिबार
समाज

प्रहरी चौकी भित्रै पेस्तोल पड्किँदा जवान घाइते, असई पक्राउ

काठमाडौं- ललितपुरको लाकुरी भञ्ज्याङस्थित प्रहरी प्रभागमा पेस्तोल पड्किँदा एक प्रहरी जवान घाइते भएका छन्। प्रहरी सहायक निरीक्षक (असई) रमेश तामाङको पेस्तोल पड्किदा प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका हुन्। श्रेष्ठको गालामा गोली लागेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालका अनुसार राति ९ : १५ बजे प्रहरी प्रभाग लाकुरी भञ्ज्याङका कार्यालय प्रमुख असइ तामाङ सुत्ने कोठामा पेस्तोल पड्किँदा प्रहरी जवान श्रेष्ठ घाइते भएका हुन्। उनको किष्ट अस्पतालमा प्रारम्भिक उपचार पश्चात नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचार भइरहेको छ। घाईते श्रेष्ठ र तामाङ दुवै जना दोलखाका बासिन्दा हुन्। श्रेष्ठ महानगरीय विपद व्यवस्थापन प्रहरी कार्यालय सामाखुशीमा कार्यरत छन्।

श्रेष्ठ लाकुरीभञ्ज्याङका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश तामाङलाई भेट्न प्रभागमा आएका थिए। दुबै जना तामाङको कोठामा बसिरहेको अवस्थामा तामाङले आफ्नो साथमा रहेको पेस्तोलबाट म्यागजीन निकाली गोली अनलोड गर्ने क्रममा पेस्तोल अकस्मात पड्किन पुगेको प्रहरीले जनाएको छ।

 घटनाबारे छानविन गर्न महानगरीय प्रहरी वृत सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रको कमाण्डमा ५ सदस्यिय छानविन समिति गठन गरिएको। तामाङलाई अनुसन्धानको क्रममा नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत सातदोबाटोमा राखिएको।

 

प्रकाशित: ७ पुस २०७५ ०८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App