coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बिचौलिया र माफियाहरुले नेपाली न्यायालय घेरिएको छ : सुशीला कार्की

फाइल तस्बिर: नागरिक

काठमाडौं– पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले नेपालका न्यायालय बिचौलिया र माफियाहरुले घेरिएको बताएकी छन्।
पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिभलमा ‘अन्यायमा महिला’ शीर्षकमा आफ्नो मन्तव्य राख्दै नेपालकी प्रथम महिला प्रधानन्यायाधीश कार्कीले न्यायाधीशहरुको राजनीतिक आस्थाले पनि न्यायालयले सकारात्मक भूमिका खेल्न नसकेको गुनासो गरिन्।

राजनीतिक दलका नेताहरुले आफ्नो स्वार्थका लागि न्यायालयलाई प्रभाव पार्ने गरेको उल्लेख गर्दै उनले भनिन्, ‘न्यायाधीशहरुको राजनीतिक आस्थाले पनि नकारात्मक भूमिका खेल्ने गरेको छ।’

न्यायसम्पादन कमजोर हुँदै गएका विभिन्न दृष्टान्त दिंदै कार्कीले भनिन्, ‘हामीले के बुझ्नु जरूरी छ भने, भ्रष्टाचार र आर्थिक लेनदेनका आधारमा न्यायको किनबेच हुँदासम्म र न्यायालयमा राजनीतिक प्रभाव पर्दासम्म अनुसन्धानदेखि न्याय सम्पादनसम्म कमजोर हुन्छ।’

प्रकाशित: ७ पुस २०७५ ०७:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App