चोरी र भन्सार छलीका सामानसहित चार पक्राउ

शनिबार, ०७ पुष २०७५, १२ : २३ नागरिक

महोत्तरी - महोत्तरी प्रहरीले शुक्रबार चोरीका सामानसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार गौशाला नगरपालिका–१ स्थित दिनेश मोबाइल रिपेरिङ सेन्टरमा चोरी गरेको आरोपमा स्थानीयवासी रामवीर महतोका छोरा २० वर्षीय दिलीप महतोलाई पक्राउ गरिएको हो। 

पक्राऊ परेका महतोको साथबाट प्रहरीले चोरीका एसर कम्पनीका एक ल्यापटप र त्यसको चार्जर, विभिन्न कम्पनीको पुराना मोबाइल, मोबाइलकै हापकभर, फ्लिप कभर, टेम्पर ग्लास, डाटा केबल, इयरफोन, फोग लाइट र टेस्टर बरामद गरेको थियो । त्यस्तै भन्सार छली भारतबाट विभिन्न सामान बोकी आएका औरही नगरपालिका–४ का सञ्जीव यादव, हरिदेव राय र शत्रुधन रायलाई सम्सी गाउँपालिका–१ स्थित पर्सा बजारबाट सामानसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए।

ज४प ७६३९, ज४प ९१६२ र ज५प २७४० नं का मोटरसाइकलमा आएका उनीहरुका साथबाट प्रहरीले प्रतिबन्धित दोफुल खानेतेल ४० बोतल, फौज ब्राण्डका बारा १५० किलो, चिनी ४०० किलो, पार्लेजी बिस्कुट पाँच कार्टुन बरामद गरेको उहाँले जानकारी दिए। विभिन्न चोरी, चोरी पैठारीका सामानसहित पक्राउ परेका चारै जनालाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाएको जनाइएको छ। 








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad