उपन्यास अंश

अनुश्रीया

शनिबार, ०७ पुष २०७५, ११ : ३४ नागरिक

प्रकट पगेनी ‘शिव’
उता लैजाने सामानहरू र डकुमेण्टहरू मिलाई रहँदा तपाईंको उही मुस्कानी अनुहारको झल्को आइरहेछ। प्रकट पगेनी ‘शिव’, यही विर्सन खोजेको र बिर्सन नसकेको नामले मलाई विगत सम्झाइरहेछ।

फागुनको एक झरी परेको दिन थियो, मैले तपाईंलाई दोस्रोपटक भेटेको र पहिलोपटक बोलेको दिन। हामी दुई जना छौं तैपनि आइज भनेर वन्दनाले फोन गरेपछि म सिमसिमे पानीमा भिज्दै नदीपुरबाट चिप्लेढुंगाको बेकरी क्याफेमा पुग्दा तपाईं र बन्दना कफी पिउँदै हुनुहुन्थ्यो। टेबुलमा पनिर पकौडा र फिंगर चिप्स नखाइकन राखिएको थियो सायद म आएपछि सँगै खाने भनेर होला !  मैंले तपाईंलाई टाढैबाट नमस्कार गर्दै गए“ र नजिक पुगेर भनें

‘म देवकी अधिकारी।’
‘म प्रकटलाई चिन्छु।’
‘कसरी ?’
‘तपाईंजस्तो पब्लिक फिगरलाई कस्ले चिन्दैन र ?’ तपाईंले आफ्नो परिचय दिइराख्नु पर्दैन। हामी तपाईंको एकल गजल वाचन कार्यक्रम हेर्न गएका थियौं।’
‘ए...ए... बस न। हामी कफी पिउँदै छौं तिमी के पिउने ?’
‘म पनि कफी नै पिउ“छु।’
‘मिल्क कफी कि ब्ल्याक ?’
‘मिल्क कफी। मलाई ब्ल्याक कफी र ब्ल्याक टी मन पर्दैन।’
‘वाह ! यो बानी त तिम्रो र मेरो मिल्दो रहेछ। मलाई पनि ब्ल्याक कफी र ब्ल्याक टी मन पर्दैन।
‘हो र ?’
‘हो... तर आजभोलि धेरै लेडिजहरू ब्ल्याक कफी नै पिउ“छन् वन्दनाजस्तै।’
‘म धेरैमा पर्दिनँ थोरैमा पर्छु। जेमा पनि थोरैमा पर्न मन लाग्छ।’
‘भीडदेखि डर लाग्छ ?’
‘डर होइन, अत्यास लाग्छ। मलाई भीडमा मिसिन मन लाग्दैन। त्यसैले भीडबाट टाढा बस्छु।’
‘थोरैहरू जहिले पनि युनिक हुन्छन्।’
‘म युनिक मात्र होइन, महायुनिक छु।’
‘खुसी लाग्यो।’
‘सुन्नुस् न हामी दुवैजना तपाईंको कार्यक्रम हेर्न गएका थियौं। त्यो बेला तपाईंसँग भेटेर कुरा गर्न मन लागेको थियो। तर, तपाईं अरुहरूसँग व्यस्त रहनुभयो। उता वन्दना र मलाई भने अफिस पुग्न ढिला भइसकेको थियो। त्यसैले त्यो बेला तपाईंलाई दिनुपर्ने बधाई नदिएरै फक्र्यौं। बधाई छ दाइ। ढिलै भए पनि स्वीकार गर्नुस्।’
‘धन्यवाद।’
‘माफ गर्नुस् दाइ। तपाईंले हात बढाउनुभयो। तर, म लोग्ने मान्छेहरूसँग हात मिलाउँदिनँ।’
‘नो माइण्ड। त्यो दिन मैले समय दिन नसकेकामा क्षमा प्रार्थी छु। सरी।’
‘के को माइण्ड र के को सरी नि...तपाईंले हामीसँग माफी माग्न सुहाउ“छ र ? त्यो बेलाकौ सिचुएसन नै त्यस्तै थियो। हामीले बुझेका थियौं। तपाईंलाई तपाईंका फ्यान हङले घेरेका थिए। पछि भेट होला नि भनेर हामी गएका थियौं। आज भेट भयो। तपाईंलाई भन्दा मलाई बढी खुसी लागेको छ।’
‘कस्तो मान्यौं त गजल ?’
‘दामी थियो नि। त्यस्तो रमाइलो कार्यक्रम त पोखरामा भएकै थिएन। तर, केही साथीहरूले अलि बढी रोमान्टिक र थोरै भल्गर भयो भनेर कमेण्ट गर्दै थिए। त्यसरी कमेण्ट गर्नेहरुमा...।’
मैले त्यसो भनिरहँदा तपाईंले नदेख्ने गरी वन्दनाले मलाई नभन् भनेर आ“खाले इसारा गरी।
‘तिमीलाई त्यस्तो लागेन ?’
‘त्यति लागेन अरुले भनेजस्तो। प्रणय परक भनेपछि त्यति त हुनै पर्छ नि। नत्र केलाई रोमान्टिक भन्ने ?’
‘यि सबै आ–आफ्ना हेराई, आ–आफ्ना बुझाई र आ–आफ्ना सोचाइहरू हुन्। त्यही गजल तिमीलाई सहज लाग्यो अरुलाई असहज। लाग्यो अरुलाई असहज। त्यसैले कुनै पनि कुरामा मतैक्य हुँदैन। जसले जसरी बुझ्छ त्यही गजल हो, बुझाई हो।’
‘अरुको कुरा र हाम्रो कुरा छोडिदिनुस्। तपाईं आफैलाई आफ्नो गजल कस्तो लाग्छ ?’
‘मैले जे लेखें सही लेखें। यथार्थ लेखें। वास्तविक लेखें। जसरी वाचन गरें ठिक तरिकाले वाचन गरें कार्यक्रमको विषय अनुसार प्रश्न ग-यौ कि जसरी पत्रकारहरू सोध्ने गर्छन्।’
‘हो दाइ। म पत्रकार नै हुँ। सिकारु पत्रकार। वन्दनाले भनिन् र ?’
‘अहँ भनिनन्।’
‘तर, अहिले मैले पत्रकारको हैसियतले भन्दा पनि तपाईंको फ्यानको हैसियतले सोधेकी थिए“। चित्त बुझ्दो उत्तर पाएँ।’ 

वन्दना चुपचाप थिई। या त उसलाई हाम्रा कुराको खासै दिलचस्पी थिएन यात मलाई तपाईंसँग कुरा गर्ने बाटो फुकाइरहेकी थिई। पकौडा र चिप्स खाँदै हाम्रा कुरा सुनिरहेकी थिई। हामी दुई जना भने गफगाफमै व्यस्त रह्यौं। कफी सेलाउँदै थियो। तपाईंका हेराईहरू बन्दनातिर भन्दा मतिर बढी केन्द्रित थिए। तपाईंका हेराइहरूले मेरा शरीरका विभिन्न अंगहरू स्पर्श गरिरहेका थिए। मलाई लोग्ने मानिसले महिलालाई कसरी हेर्छन् भन्ने कुरा राम्रैसँग थाहा थियो। केटीहरूलाई हेर्दा ति हेराईहरू कहाँ–कहाँ सल्बलिन्छन्...कहाँ पुग्दा अल्मलिन्छन् कहाँ कडिन्छन् कहा“ ठोकिन्छन् र कहाँ पुगेपछि फर्किन्छन् भन्ने कुराको राम्रै ख्याल राख्छु मैले। तपाईंले पनि मलाई त्यसरी नै हेर्नुभयो जसरी अरु लोग्ने मानिसहरूले हेर्ने गर्छन्। तर, केही मात्रामा भने तपाईंका हेराईहरू अरुहरूको भन्दा अलिक फरक अलि भिन्न र अलि बेग्लै थिए। फरक यस अर्थमा कि तपाईका ति बूढा र चिम्सा आ“खाभित्र कामुकता भन्दा बढी अपनत्व थियो। हार्दिकता थियो। छलछामभन्दा बढी सरलता थियो। अक्सर यसरी हेर्दा अरु लोग्नेमान्छेले के–के कल्पेर के–के सम्झेर ओठ टोक्थे। तर, तपाईंले त्यस्तो गर्नु भएन।

‘माइण्ड गर्नु हुन्न भने एउटा कुरा भन्छु हुन्छ दा ?’
‘भनन केको माइण्ड गर्ने तिमीसँग।’
‘मैले तपाईंलाई नभेट्दै र नदेख्दै अर्थात् तपाईंको नाम मात्रै सुन्दा तपाईं योङ हुनुहुन्छ होला जस्तो लागेको थियो। तर, तपाईं त बूढो हुनुहुँदोरहेछ।’
‘म पनि एउटा कुरा सोध्छु नरिसाउ है।’
‘सोध्नुस् न...’
‘यदि यतिबेला बूढो नभएर तिमीले सोचेजस्तै योङ अर्थात् जवान भएको भए तिमी के गथ्र्यौ ?’

तपाईंको त्यो सोधाई सुनेर वन्दना यसरी हा“सी कि उसले चपाउ“दै गरेको पकौडा भुर्र भएर मेरो मुखभरि छरियो। म भने हा“सु कि नहाँसु अलमल्लमा परें। टेबलको न्याप्किन पेपर झिकेर मुख पुछें। वन्दना सरी भन्दै मलाई फकाउँदै थिई। आफ्नो अनुहार रिसले हो कि सरमले हो रातो हु“दै गएको आफैले अनुभव गरें। मेरो स्वभाविक प्रश्नको अस्वभाविक प्रतिप्रश्नले झस्किएँ म। त्यसप्रति प्रश्नको आसय बुझेर पनि तत्कालै उत्तर दिने जवाफ थिएन मसँग। 

बूढाको सोधाई पनि कस्तो हो त। म योङ भएको भए के गथ्र्यौ त रे। यि यो गर्थें भनेर च्वाप्प गालामा म्वाईं खाइदिनुपर्ने रहेछ। सेक्सी बूढो। एउटा हुन्छ नि तरिका। झनक्क रिस उठेर पनि रिसलाई दबाएँ। हाँसोका रूपमा पो सोधेकी थिएँ। पहिलो गाँसमै ढुंगा लाग्यो। पश्चाताप पनि भयो। पहिलो भेटमै यसरी कुरा गर्न हुने थिएन कि मैले। म त केटाकेटी नै थिए“ भनें। तर, तपाईंले त्यस्तो प्रश्न सोध्न हुन्थेन होला मलाई। तपाईं जस्तो एजेड बुद्धिजीवि कवि हृदय भएकाले अझ भनौं बाबाको जस्तो उमेर भएकाले हामी जस्ता अल्लारे केटीसँग अल्लारे कुरा गर्न हु“दैनथ्यो। एक मन त यो सेलाएको कफी र यो चिसो पकौडा छाडेर जाउँ कि जस्तो पनि लाग्यो। तर, त्यसो गर्न सकिनँ। तपाईंको अनुहारमा भने कुनै प्रतिक्रिया थिएन। मलाई हेरेर हाँसीरहनु भयो। पूजा भन्थी, ‘बिर्सेर पनि बूढा मान्छेहरूलाई बूढो भन्न हुँदैन देवकी। बूढो भन्यो कि कति छिट्टै रिसाउ“छन् यि बूढाहरू। कपाल सेतै फुलिसक्दा पनि कलर गरेर आफूलाई वैंशालु सम्झिन्छन्।’ 

पूजाको त्यो कुरा सम्झेर मैले तपाईंको कपाल हेरें। कलर पातलिँदै गएर कञ्चटका रौंहरू सेतै देखिएका थिए। एकछिनको मौनता भंग गर्दै तपाईंले टेवलको न्याप्किन झिकेर सिधै मेरो गालामा बा“की रहेको फोहर झिकिदिनु भयो। म झस्कें। प्रतिकार गर्न सकिनँ। यसकारणले पनि म झस्कें कि मेरो गालामा पहिलोपटक कुनै पुरुष हातको स्पर्श परेको थियो।

‘छोड्देउ यो कुरा। हेर, मैले यो नाम बाल्यकालमै राखेको नाम हो। नाम जहिंको तहीं जवान बनेर बसिरह्यो, उमेर भने ५० पुग्न थाल्यो। बूढो हुनु कुनै अपराध होइन देवकी ! बूढो हुनु कुनै अभिशाप पनि होइन। तर, मानसिक रूपमा वैंशमै बूढो हुनु अपराध पनि हो र कुण्ठा पनि।’
‘वैंशमै कसरी बूढो भइन्छ र दाइ ?’

कसैले म यौनवादी होइन भन्छ भने कि त्यो पाखण्डी हो कि यौन कुण्ठित। असाहित्यिक मान्छेहरू झन् बढी यौनवादी हुन्छन्। कतिपय अवस्थामा साहित्यकारहरूले यौनलाई सृजनामा अभिव्यक्त गरेर स्वस्खलित भई आनन्द र हलुका अनुभव गर्छन्। तर, यौन चाहना अभिव्यक्त गर्न नसक्ने अन्तरमुखीहरू अरुलाई कामुकता र अश्लीलताको आरोप लगाएर अन्तरमनमा यौन कुण्ठित मनोभाव हुर्काएर बस्छन्। अझ यो मनोदशा त अविवाहित महिला तथा पुरुष दुवैमा हुन्छ।

बल्ल कुरामा साथ दिइ वन्दनाले। ‘जोसँग सपना देख्ने रहर हुँदैन। निस्कृयताले आत्महिनताले र नकारात्मक चिन्तनले बूढो बनाउने हो। हरेक कुराको अस्तित्व बोधको स्वीकारोक्ति नै सकारात्मक सोचाई हो। यही स्वीकारोक्ति नै जवानी हो। वैंश हो। सायद तिमीहरूलाई मेरा कुरा बेढंगका र वैरंगी लाग्न सक्छन्। तिमीहरू अहिले २४/२५ वर्षका छौं होला। तिमीहरूलाई सबैले तरुनी भन्छन् होला, युवती भन्छन् होला, योङ भन्छन्। होला यो सबै सतही परिभाषा हो।’

‘खै हामी तपाईंका कुरा बुझ्दैनौं दाइ। धागो जेलिए जस्तो कता हो कता।’ ‘कुनै पनि कुरा आफैमा बुझिदैन देवकी ! बुझ्ने प्रयास गर्नुपर्छ। यो उपदेश होइन, अनुरोध हो। आग्रह हो। तिमीहरूको यो उमेर सपना देख्ने उमेर हो उज्यालो बटुल्ने बेला हो र भविष्य सोच्ने मुहूर्त हो।’ तातो कफी आयो र कफीसँगै आयो भेज मःमः पनि।

‘म सपनाको कुरा गर्दै थिए“। म स्वयं पनि सपना देख्न रुचाउ“छु। तिमीहरूलाई पनि जीवनमा सपना देख्न नछोड भन्छु। सपनाले बा“च्न सिकाउ“छ। सपनाले जिन्दगीलाई माया गर्न सपना भनेको सामना हो, सपना भनेको कामना हो। योजना हो, भावना हो, कल्पना हो, प्रतीक्षा हो, विश्वास हो, हृदय हो, दृष्टिकोण हो, यात्रा हो, गन्तव्य हो, संकल्प हो, उद्देश्य हो। धेरैथोक हो सपना।’
‘वाह !’

अचानक थपडी बजाउन पुगें म। मलाइ मैले खोजेको मान्छे भेटेझैं लाग्यो। कतै आधार पाएझैं लाग्यो। कसैले मलाई यसरी बा“च्नुपर्छ भनेर सिकाएझैं लाग्यो। जीवनमा बा“च्ने आधार भनेकै सपना रै’छ भन्ने लाग्यो। सधैं राजनीतिक नेताहरूको कर्कश भाषण मात्रै सुन्न अभ्यस्त मेरा कानहरूले आज केही गतिलो कुरा सुन्न पाइरहेको थियो।

‘भयो, भयो दाइ, यति धेरै थेग्न सक्दैन यो दिमागले।’
वन्दनाले रोकी। मलाई भने तपाईंका कुरा सुनिरहन मन लागेको थियो।
‘हतार छ ?’
‘छैन। तर, अफिस जानुपर्छ। यतिकाको सेटिङ गर्नु पर्छ मलाई। देवकी रिपोर्टिङमा हो म सेटिङमा।’
‘एउटै अफिस हो ?’
‘होइन म ‘निवारण’ मा देवकी ‘प्रवाह’ मा। तर, अफिस नजिकै।’
‘हुन्छ उठौं... तर बाहिर पानी परिरहेकै छ।’
‘रोकिएला नि...’
‘रोकिए पछि जाउँला...’
‘एउटा कुरा सोध्छु है प्रकट दाइ। अलि छुच्ची पनि छु। वन्दना जस्तो चुप लागेर बस्नै सक्दिनँ। मनमा लागेको कुरा सोधिहाल्न मन लाग्छ।’
‘सोध न...यदि तिमीले मेरो उमेर कति भयो भनेर सोध्न खोजेकी हौ भने म ५० पुगेर ५१ लागें।’
‘होइन, दाई मलाई अब कसैको उमेर सोध्नु छैन। तपाईंलाई धेरैले यौनवादी साहित्यकार भन्छन् यो आरोप हो कि यथार्थ हो ?’

‘म यौनवादी लेखकभन्दा जीवनवादी लेखक हुँ। यौन त सबैको र हरेकको जीवनमा रमाउने मिठो मधुमास हो र त्यही मधुमासको प्रतिबिम्ब लेखनमा प्रतिबिम्बित हुन्छ। सबै यौनवादी नै हुन्छन्। कसैले म यौनवादी होइन भन्छ भने कि त्यो पाखण्डी हो कि यौन कुण्ठित। साहित्यकारहरू मात्रै यौनवादी हुँदैनन्। असाहित्यिक मान्छेहरू झन् बढी यौनवादी हुन्छन्। कतिपय अवस्थामा साहित्यकारहरूले यौनलाई सृजनामा अभिव्यक्त गरेर स्वस्खलित भई आनन्द र हलुका अनुभव गर्छन्। तर, यौन चाहना अभिव्यक्त गर्न नसक्ने अन्तरमुखीहरू अरुलाई कामुकता र अश्लीलताको आरोप लगाएर अन्तरमनमा यौन कुण्ठित मनोभाव हुर्काएर बस्छन्। अझ यो मनोदशा त अविवाहित महिला तथा पुरुष दुवैमा हुन्छ। यौन मेरो पनि जीवनमा आएको मिठो आभा हो। उमेरबाट र अनुहारबाट वैंशका कान्तिहरू, यौनका रागहरू, जवानीका तापहरू ओसिन थाले पनि यौनलाई म मेरो भावनामा र मेरा सिर्जनामा बचाई राख्न चाहन्छु। मान या नमान यो दुनियाँमा सबैभन्दा प्रिय वस्तु यौन हो र प्रेम हो। म यस प्रकृति प्रदत्त आशीर्वाद र यस पुरस्कारलाई सिर्जनामा बचाई राख्न चाहन्छु। सायद यसैले मलाई यौनवादी लेखक भनेका होलान्। तिमी पत्रकार। अब तिमी नै भन यो आरोप हो कि यथार्थ। लेखनमा मलाई मेरो उमेर बिर्सन मन लाग्छ। यहि हो मेरो लेखन र यहि हुँ म।’(प्रकाशोन्मुख कृति ‘अनुश्रीया’बाट।) 








यसमा तपाईको मत

अन्य समाचार

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड मोटर कम्पनी र महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । ...

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस प्रस्तुत गरेको छ। नयाँ ग्योलेक्सी ए५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु समेटिएको...

Ncell Footer Ad