coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

उल्भरह्याम्टनमाथि लिभरपुलको सहज जित, सालाहको उत्कृष्ट प्रदर्शन

काठमाडौं – मोहम्मद सालाहको प्रेरणदायी भुमिकाको मद्दतमा लिभरपुलले इङ्लिस प्रिमियर लिगमा उल्भरह्याम्टनलाई २–० ले पराजित गरेको छ। जितसँगै लिभरपुलले तालिकामा स्पष्ट ४ अंकको अग्रता बनाएको छ।

उल्भरह्याम्टनको मैदानमा शुक्रबार राति सम्पन्न खेलमा लिभरपुलले १८ औं मिनेटमा अग्रता लिएको थियो। सालाहले फाबिन्होको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। भारी वर्षाकाबीच भएको खेलको पहिलो हाफमा १–० को अग्रता लिएको लिभरपुले दोस्रो हाफमा अर्को गोल थप्यो।

६८ औं मिनेटमा भर्जिल भेन डाइकले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे। सालाहले उपलब्ध गराएको सुन्दर पासमा भेन डाइकले गोल गरेका थिए।

जितसँगै महत्वपूर्ण ३ अंक बटुलेको लिभरपुल १८ खेलबाट ४८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। एक खेल कम खेलेको साविक विजेता म्यानचेस्टर सिटीको ४४ अंक छ। सिटीले आज राति घरेलु मैदानमा क्रिष्टल प्यालेससँग प्रतिस्पर्धा गर्दैछ।

प्रकाशित: ७ पुस २०७५ ०४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App