आयुर्वेद

आयुर्वेद, आहार र आरोग्य

शनिबार, ०७ पुष २०७५, ०८ : ०६ ओम बानियाँ

आधुनिक समाजमा रोगहरू यसरी बढेका छन् कि रोग नै नलागेका मानिसहरू भेट्न नै गाह्रो छ। यसरी मानिसलाई रोगहरूले आक्रमण गर्नुको एक प्रमुख कारण मानिसहरूको अप्राकृतिक जीवनशैली हो भन्ने कुरामा दुई मत छैन। प्राकृतिक नियम विपरितको खानपान तथा आँचरणका कारण नै मानिसलाई मधुमेह, हृदयरोग, ब्लड प्रेसर, थाइरोडिज्म, मोटोपना, लिभर सिरोसिस, ग्यास्टिक, अल्सर तथा क्यान्सर जस्ता खतरनाक रोगहरूले गाँजेको कुरा आधुनिक चिकित्सा विज्ञानले पनि स्वीकार गरेको छ। तर, अधिकांश मानिसहरू यस तथ्यप्रति गम्भीर नभई रोगहरूबाट छुटकारा पाउने आशामा घरि यो त घरि त्यो हस्पिटलहरू धाउने गरेका छन्। 

आयुर्वेद भन्छ, यदि मानिसको खानपिन ठीक भएन भने औषधिले पनि काम गर्दैन। यदि खानपिन ठीक भयो भने औषधिको आवश्यक पर्दैन। यदि मानिसले उचित र प्राकृतिक आहारविहार (लाइफ स्टायल) अपनाउने हो भने मानिस रोगहरूबाट बच्ने मात्र होइन, पूर्णस्वास्थ्य लाभ प्राप्त गर्न सक्छन्।

शरीरका लागि आहारको महत्वलाई दर्शाउँदै चरकसंहिता (सूत्र ११/३२ )– मा भनिएको छ, ‘त्रय उपस्तम्भा इति–आहारः स्वप्नो ब्रह्मचर्यमिति।’ (अर्थात् आहार, निद्रा तथा ब्रह्मचर्यको पालनाः यी शरीरका तीन उपस्तम्भ हुन्। यिनै स्तम्भमा नै शरीररूपी भवन अडेको छ।) यसै गरी छांदोग्य उपनिषद् भनिएको छ, ‘आहार शुद्रौ सत्वशुद्धिः सत्व शुद्धौं धु्रवा स्मृतिः। स्मृतिलाभै सर्वग्रंथीनँ विप्रमोक्षः।।’ (आहार शुद्ध भयो भने सत्व शुद्धि हुन्छ। सत्व शुद्धि भयो भने धु्रव स्मृति प्राप्ति हुन्छ। स्मृतिको प्राप्तिले सम्पूर्ण ग्रन्थीहरू खुल्छन्।)। आयुर्वेदको यस भनाई अहिले वैज्ञानिकरूपमा पनि पुष्टि भएको छ।

आहार के हो ?
साधारण शब्दमा भन्ने हो भने भोजनलाई आहार भनिन्छ। तर, आयुर्वेदिक दृष्टिकोणले आहारको अर्थ व्यापक छ। मुख र जिब्रोले लिने खाद्य पदार्थहरू मात्र आहार होइनन्। आहारको वास्तविक अर्थ हुन्छ, बाहिरको चिज शरीर भित्र लिनु। जेसुकै कुरा पनि हामीले बाहिरबाट भित्र लिन्छौं भने त्यो आहार हो। भोजन आहार हो, जसलाई हामीले मुख र जिब्रोद्वारा भित्र लिन्छौं। तर, आँखाद्वारा पनि हामीले बाहिरको दृश्यहरू भित्र लिन्छौं। दृश्य पनि आहार नै हो। कानले लिने आवाज, त्वचाले लिने स्पर्श तथा मनले सीधै ग्रहण गर्ने विचार र कल्पना पनि आहार नै हो। विचारको आहार त यति शक्तिशाली छ, जसले मानिसको बे्रनबोडीको रसायनिक संरचनालाई तुरुन्त परिवर्तन गरिदिन्छ। त्यसैले त मनोविज्ञान भन्छ, जस्तो सोच्छौं, त्यस्तै हुन्छौं। त्यसैले रोगहरूबाट छुटकारा पाउन, निरोग र स्वस्थ जीवन जिउन आयुर्वेद र मनोविज्ञानको यस धारणालाई हृदयांम गर्दै सात्विक र सन्तुलित भोजनका साथै आफ्नो आचारविचार पनि ठीक राख्नु अति आवश्यक हुन्छ। 

के हो सात्विक भोजन 
भोजनको उद्देश्य शरीरलाई पोषण दिनु हो। वास्तवमा भोजन शरीरको इन्धन हो। भोजनबाट नै मानिसलाई कार्य गर्ने ऊर्जा मिल्छ। त्यसैले सदैव सात्विक र सन्तुलित भोजन गर्नुपर्छ। भोजन जीवन स्थिर राख्नको लागि गर्नुपर्छ, स्वादको लागि होइन। गरिष्ट र चटपटे अमिलो, रूक्ष तथा बोत्तल, डिब्बा र पकेटका मृत भोजन आदि सेवन गर्नुहुँदैन। प्राकृतिक स्वरूपका हितकर र परिमित भोजन गर्नुपर्छ। सन्तुलित भोजन त्यो हो, जसमा प्रोटिन, भिटामिन, कार्वाेहाइड्रेट तथा खनिज पदार्थहरू उपलब्ध हुन्छन्। गहुँ, जाैँ, मुँग, मकै आदि अन्न, लौका, फर्सी, करेला, टमाटर, काँक्रो, आलु, मुला आदि तरकारी, सिमी, बोडी, चना, भटमास, केराउ आदि गेडागुडी तथा हरियो सागपात र फलफूलहरू आदि जस्ता अमृत खाद्यपदार्थ सात्विक भोजन हुन्। अमृत खाद्यपदार्थ भन्नाले यस्ता जीवित खाद्यपदार्थ हुन्, जुन उम्रिन सक्छन्। जस्तै : गहुँ, जौ, मुँग, मकै तथा फलफूलहरू। 

अतः स्वस्थ शरीरका लागि जंक फुड तथा फास्ट फुड जस्ता मृत खानेकुराहरू होइन, अमृत खाद्यपदार्थ शुद्ध र सफासँग, त्यसको प्राकृतिक स्वरूप र गुण नष्ट नहुने गरी पकाएर, ठीक समयमा, न धेरै न थोरै, ठीक मात्रामा, सही ढंग र शुद्धभावनाले आरामसँग बसेर खुब चपाइ–चपाइ खानाको स्वाद लिएर (आयुर्वेदका अनुसार एक गाँसलाई ३२ पटक चपाइ) ग्रहण गर्नुपर्छ। यसरी एकाग्रचित्त भएर भोजन गरेको खण्डमा पाचनप्रणाली उचित तरिकाले आफ्नो कार्य गर्न समर्थ हुन्छ। 

मानिसको शरीरमा ७० प्रतिशत पानी हुने हुँदा दिनभरिको खानामा तीन चौथाइ फलफूल तथा सागपात जस्ता रसद्धार पदार्थ र केवल एक चौथाई गहुँ, जौं तथा चामल जस्ता अन्न हुनुपर्छ। दिनभरिमा कम्तिमा पनि आठ गिलास पानी पिउने गर्नुपर्छ। तर, भोजनका साथ पानी पिउनु हुँदैन। तर, भोजनभन्दा आधा घण्टा पहिला र एक घण्टा पछि पानी पिउन सकिन्छ। भोजन टसमस हुने गरी खानु हुुँदैन। भोजन पकाएको तीन घण्टाभित्र सेवन गर्नुपर्छ। भोजन पहिला बन्दगोपी, का“क्रो, मुला, सलगम, गाँजर, लहसुन तथा प्याज आदिको सलाद खानु सुनमा सुगन्ध थपे जस्तो हुन्छ। यहा“ मनन गर्नु पर्ने अर्को कुरा के भने यदि कुनै रोग लागेको छ भने रोग अनुसार भोजन सेवन गर्न आवश्यक हुन्छ। त्यो किनभने सेवन योग्य (पथ्य) भोजन खाने तथा सेवन गर्न नहुने (अपथ्य) भोजन नखाने हो भने रोग छिटो निको हुन्छ। तर, भोजनमा लापरवाही गर्ने हो भने रोग ठीक हुन गाह्रो मात्र होइन, झन् गम्भीर हुन सक्छ। यसै गरी शिशु, बालक, विद्यार्थी, मजदुर, कर्मचारी, जवान, पौढ, महिला, गर्भवती तथा सुत्केरीको भोजन र भोजनको मात्रा पनि फरक–फरक हुने हु“दा सोही अनुसार भोजन गर्नु/गराउनुपर्छ। यो नै शरीरलाई पोस्ने र स्वास्थ्य रक्षा गर्ने अचुक उपाय हो।

के हो शुभाचरण 
निरोगी र स्वस्थ रहनका लागि उचित भोजन भएर मात्र पुग्दैन,  उचित दिनचर्या तथा शुभाचरणको पालना गर्न पनि त्यत्ति नै आवश्यक हुन्छ। त्यो किनभने दिनचर्या नियमित भएन भने शरीर चुस्त–दुरुस्त तथा सशक्त हुँदैन, खाए/पिएको पच्दैन। भोजनबाट शरीरले जुन पौष्टिकता प्राप्त गर्नुपर्ने हो, त्यो प्राप्त गर्न सक्दैन। जसले गर्दा शरीर रोगी तथा कमजोर हुन्छ। जीवनशैलीको सम्बन्धमा एडिसनले भनेका नै छन्, ‘मैले आजसम्म यस्तो व्यक्ति देखेको छैन, जो प्रतिदिन सबेरै उठ्छ, सकारात्मक विचार गर्छ, इमानदारीसाथ मेहनत गर्छ र पनि दुर्भाग्यको शिकायत गर्ने गर्छ।’ 

यो भनाइ एकदम वैज्ञानिक छ। त्यसैले आरोग्य जीवनका लागि सात्विक भोजनका साथै प्राकृतिक दिनचर्या तथा शुभविचार राख्न अत्यन्तै जरुरी छ। चर्चित हिन्दी फिल्म ‘तारे जमीन पर’मा एक दृश्य छ, जसमा अभिनेता आमिर खानले भन्छन्, सोलोमन आइल्याण्डका आदिवासीहरूले रुख काँट्दैनन्। उनीहरू रुखको वरिपरि एक कठ्ठा भएर घण्टौसम्म रुखलाई तथानाम गाली गर्छन्। खुब गाली गर्छन्। केही हप्तापछि रुख सुखेर आफैं ढल्छ। धेरैलाई यो कुरा सहँदै विश्वास लाग्ला। प्रत्यक्ष देख्ने आममानिसले यसलाई दैविक चमत्कार भन्ने गर्छन्। तर, यो कुरा सही र प्रमाणिक हो। यस सम्बन्धमा अनेक विद्धानहरूको आ–आफ्नो तर्क छ। तर, वैज्ञानिक डा. बु्रस लिप्टनको अनुसार यो कुनै चमत्कार नभएर विचार शक्तिको कमाल हो। 

मनोविज्ञान भन्छ, मानिसको विचारले नै मानिसको जीवन बनाउँछ। मानिसको जीवन बिर्गाछ। मानिसलाई स्वस्थ बनाउँछ। मानिसलाई रोगी बनाउँछ। जब व्यक्तिले नकारात्मक भावनाहरू अवचेतन मनमा दबाएर राख्छ, बाहिर निक्लने बाटो दिँदैन, तब शरीरको रासायनिक प्रक्रिया विषाक्र हुन्छ, अनि तनाव, चिन्ता, हृदय रोग तथा अल्सर आदि जस्ता रोगहरू पैदा हुन्छन्। वास्तवमा रोगहरूको जरो भनेको नै अवचेतनमा दबेर रहेको नकारात्मक भावना हो। 

दि बाइलोजी अफ बिलिफका लेखक डा. ब्रुस लिप्टनका अनुसार जब सोलोमन आइल्याण्डका मानिसहरू रुखलाई गाली दिन्छन्, तब रुखको माइण्डले नकारात्मक तथा खतरनाक विचारहरूलाई इन्स्टल गर्छ। जसका कारण रुखको मोलेकुलर संरचना बिग्रन्छ। अनि रुख सुकेर ढल्छ। यस कुराको पुष्टि क्वान्टम फिजिक्सले पनि गर्छ। यही कुरा मानिसमा पनि लागू हुन्छ। बारम्बार एकै कुरा दोहो-याउँदा मन मस्तिष्कको संरचना नै परिवर्तन हुन्छ। २५ सय वर्षपहिला महात्मा बुद्धले भनेका नै थिए, तिमीले जस्तो सोचका थियौं, त्यस्तै भएका छौं। त्यसैले स्वस्थ जीवनका लागि भोजन मात्र ठीक भएर हुँदैन मानिसको आचारविचार पनि ठीक हुनुपर्छ।

संक्षेपमा भन्नु पर्दा हरेक दिन आफ्नो उमेर र शारीरिक क्षमता अनुसार कुनै न कुनै शारीरिक कार्यहरू गर्ने, दैनिक दुई–चार किलोमिटर हि“ड्ने वा दौडिने, ध्यान, प्राणायाम तथा आसन वा व्यायाम गर्ने, लेखपढ गर्ने, गहिरो निद्रा सुत्ने, सन्तुलित पौष्टिक आहार सेवन गर्ने, सकारात्मक सोच, आशा र विश्वास राख्ने, सक्रियपूर्वक सामाजिक कार्यहरूमा लाग्नु स्वस्थ र दीर्घायु रहने सरल उपायहरू हुन्।  (लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन्।)

 








यसमा तपाईको मत

अन्य समाचार

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीले एन्ड्रोइड १० कुन कुन स्मार्टफोनले कहिले पाउनेछ भनेर तालिका सार्वजनिक गरेको छ । ...

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोन ८.१ का लागि एप स्टोर सधैंका लागि बन्द हुने भएको छ ...

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

Ncell Footer Ad