७ वैशाख २०८१ शुक्रबार
राजनीति

मनकामना मन्दिरको पुनर्निर्माणमा बजेट अभाव हुँदैन :  राष्ट्रपति

मनकामना (गोरखा)- राष्ट्रपति विद्यादेवी भण्डारीले गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुर्ननिर्माण गर्न बजेट अभाव नहुने बताएकी छन्। बिहीबार हेलिकप्टरबाट मनकामना मन्दिरको दर्शन गर्न आएकी उनले भनिन्- 'महत्वपूर्ण धार्मिक सम्पदा निर्माण गर्नु सरकारको दायित्व हो, अहिले मनकामना पुर्ननिर्माण भइरहेको छ, बजेट अपुग भयो भने पुर्ननिर्माण प्राधिकरणसँग भन्नुहोस्, सरकारले उपलब्ध गराउनुपर्छ।'

करिब पाँच मिनेको आफ्नो सम्बोधनमा राष्ट्रपति भण्डारीले भूकम्पपछि धेरै धार्मिक सम्पदामा क्षति पुगेकाले निर्माण गर्नु सरकारको दायित्व भएको बताइन्। जिर्णोद्धार हुँदै गरेको मन्दिरभित्र विषेश पूजाआजा गरेर मनकामना मन्दिर परिसरमा गाउँ विकास समितिद्धारा आयोजित कार्यक्रममा उनी सहभागी भएकी थिइन्।

राष्ट्रपतिसमक्ष गाविस सचिव नारायण सापकोटाले गाविसको अवस्था, शिक्षा, स्वास्थ्य, सडकको समस्याबारेमा जानकारी गराएका थिए। जवाफमा राष्ट्रपति भण्डारीले सरकारको प्रथामिकता पनि शिक्षा स्वास्थ्य, बिकास रहेकाले बजेट र योजना सरकारले दिने र सरकारलाई बजेट दिन जनताले प्रोत्साहित गर्नुपर्ने बताइन्।

प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर अहिले जिर्णोद्धार भइरहेको छ। मन्दिरको दोस्रो तल्लामा निर्माणको काम भइरहेको छ। निर्माणाधीन मन्दिरमै राष्ट्रपति भण्डारीले पूजाआजा गरेकी हुन्। मन्दिर पुर्ननिर्माण २०७४ सालभित्रै सक्ने जिर्णोद्धार समितिको लक्ष्य रहेपनि काठ अभावका कारण एक वर्षसम्म पर धकेलिनसक्ने समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले बताए।

अहिले मन्दिर पुर्ननिर्माणका लागि तीन करोड ५० लाखको सुन खरिद गरिएको छ भने छ करोड समितिसँग मौजाद छ।

प्रकाशित: १३ आश्विन २०७३ १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App