८ वैशाख २०८१ शनिबार
समाज

बहुविबाहको अभियोगमा १७ वर्षपछि दम्पती पक्राउ

स्याङ्जा– बहुविवाह गरेको अभियोगमा आँधीखोला गाउँपालिका ६ घर भई हाल पोखरा महानगरपालिका १७ बस्ने ४४ वर्षीय नरहरी ढकाल र उनकी कान्छी श्रीमती ३५ वर्षीया जानुका ढकाललाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पक्राउ गरेको छ। 

उनीहरुलाई पोखराबाट पक्राउ गरी स्याङ्जा ल्याइएको प्रहरी प्रवक्ता डिसपी प्रकाश विष्टले बताए। उनीहरुविरुद्ध जेठी श्रीमती ढाकादेवी ढकालले २०५७ मंसिर २६ गते जिल्ला प्रहरी कार्यालयमा बहुविवाह मुद्दा दर्ता गरेकी थिइन। दुवै जनालाई जिल्ला अदालतले सजाय बापत एक महिना कैद र एक हजार जरिवानाको फैसला गरेको थियो। तर, ढकाल दम्पतीले पुनरावेदन अदालत पोखरामा मुद्दा दर्ता गरेको थियो। 

पुनरावदेन अदालतले जिल्ला अदालतकै फैसलालाई २०५८ फागुन १२ गते सदर गरेको थियो। त्यसपछि फरार रहँदै आएका उनीहरु बिहीवारबाटै जिल्ला कारागार चलन भएको जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीले जानकारी दिए।

प्रकाशित: ६ पुस २०७५ १०:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App