कांग्रेसको शीर्ष नेताबीच १४ सदस्यीय केन्द्रीय पदाधिकारी बनाउने सहमति

शुक्रबार, ०६ पुष २०७५, १४ : २७ नागरिक

काठमाडौं– नेपाली कांग्रेसका शीर्ष नेताबीच केन्द्रीय पदाधिकारी १४ सदस्यीय हुनेमा सहमति भएको छ। पार्टी प्रवक्ता विश्व प्रकाश शर्माका अनुसार कोषध्यक्षबाहेकका पदाधिकारी निर्वाचित हुने गरी सहमति जुटेकाे हाे।

शर्माले कांग्रेसमा अव एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री र एक कोषाध्यक्ष रहने गरी सहमति भएको जानकारी दिए। उनका अनुसार उक्त सहमतिलाई केन्द्रीय कमिटिले अनुमोदन गर्ने छ।  भोलिको महासमिति बैठकमा उक्त सहमतिलाई प्रस्तावका रुपमा पेश गर्ने तयारी छ। 

प्रमूख प्रतिपक्षीदल नेपाली कांग्रेसको विधान संसोधनको मूख्य उदेश्यसहित गत मंसिर २९ देखि राजधानीमा जारी महासमिति बैठक पदाधिकारी विवादकै कारण गतिलिन सकेको छैन। पदाधिकारीका विषयमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द पौडेल पक्षधरबीच सहमति जुट्न नसक्दा विधान मस्यौदाको प्रस्ताव महासमिति बैठकमा पेश हुन सकेको छैन। महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको एक कार्यदलले विधान संसोधन सम्बन्धी प्रस्ताव तयार पारेको हो।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad