७ वैशाख २०८१ शुक्रबार
खेल

फिफा वरियतामा नेपाल एक स्थान माथि, पहिलाेमा बेल्जियम

काठमाडाैं - फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान माथि उक्लदैं १ सय ६१ औं स्थानमा आइपुगेको हो। नेपालको कुल १ हजार १ अंक रहेको छ।

यस्तै दक्षिण एसियाली मुलुकमा भारत सबैभन्दा माथि रहेकोे छ। भारत ९७ औं स्थानमा रहँदा अफगानिस्तान १ सय ४७ औं तथा माल्दिभ्स १ सय ५२ औं स्थानमा रहेको छ। दक्षिण एसियाली मुलुकमा सबैभन्दा तल श्रीलंका रहेको छ। श्रीलंका २ सय १ औं स्थानमा रहेको छ।

यसैबीच पहिलो स्थानमा भने बेल्जियम रहेको छ। यस्तै दोस्रोमा फ्रान्स तथा तेस्रोमा ब्राजिल यथावत रहेका छन्। यस्तै चौथोमा क्रोएसिया, पाँचौमा इंग्ल्याण्ड, छैटौंमा पोर्चुगल, सातौंमा उरुग्वे, आठौंमा स्विट्जरल्याण्ड, नवौंमा स्पेन तथा दशौंमा डेनमार्क रहेको छ। अर्जेन्टिना ११ औं स्थानमा रहँदा जर्मनी भने १६ औं स्थानमा रहेको छ।

 

प्रकाशित: ६ पुस २०७५ ०८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App