coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पसँगको विवादपछि अमेरिकी रक्षामन्त्री म्याटिसले दिए राजीनामा

फाइल तस्बिर

वासिङटन - अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त भएको जनाउँदै त्यहाँबाट अमेरिकी फौज हटाउने घोषणा गरेको भोलिपल्टै रक्षामन्त्री म्याटिसले राजीनामा दिएका हुन्।

सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने अमेरिकी राष्ट्रपतिको घोषणाप्रति अमेरिकाभित्रै र अमेरिकी गठबन्धनका सबै मुलुकले विरोध जनाएका छन्। ट्रम्प प्रशासनमा निकै सम्मानित विदेश नीति अधिकारीका रुपमा लिइएका म्याटिसले फेब्रुअरीको अन्त्यबाट पद त्याग्ने छन्। राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरी लेखिएको राजीनामा पत्रमा म्याटिसले “आफ्नो विचारसँग निकट व्यक्तिलाई रक्षामन्त्रीमा चुन्न सक्ने अधिकार तपाइँ (राष्ट्रपति) सँग छ” भनेर उल्लेख गरेका छन्।

एक अमेरिकी अधिकारीका अनुसार, म्याटिसले आफ्नो राजीनामा पत्र लिएर राष्ट्रपतिलाई भेट्न ह्वाइट हाउस पुगेका थिए।उनले ट्रम्पसँग करिब ४५ मिनेट कुराकानी गरेका थिए। ती अधिकारीले भेटका क्रममा दुबै नेताबीच कुनै खास किसिमको विवाद नभएकाे तर, म्याटिसले सिरियाबाट अमेरिकी फौज फिर्ता हुने निर्णयमा गम्भीर असहमति राखेको हुनसक्ने बताए।

म्याटिसको राजीनामाले ह्वाइट हाउसभित्र गम्भीर सङ्कट देखिन थालेको भन्दै आलोचना हुन थालेको छ। ट्रम्पका सहयोगीहरुले समेत म्याटिसको राजीनामा अस्वाभाविक रहेको बताएका छन्। राष्ट्रपतिका एक इमान्दार सल्लाहकारको बहिर्गमनले राष्ट्रपतिलाई आगामी दिनमा अझ चुनौती खडा हुने बताइएको छ। 

 

प्रकाशित: ६ पुस २०७५ ०७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App