द्वन्द्वपीडितको प्रश्न ‘न्याय' कहिले पाउने?

शुक्रबार, ०६ पुष २०७५, ०६ : ४० सविता श्रेष्ठ

चितवन - चितवनको कालिका नगरपालिका वडा नम्बर २ पदमपुरकी सुनमाया तामाङलाई छोरा धनेको याद धेरै नै आउँछ। बूढाबूढी मात्र घरमा बस्ने भएकाले हरेक दिन छोरा सम्झिने गर्छन्। संकटकालको समयमा घरबाट लगिएको छ उनको १८ वर्षीय छोरा त्यसपछि फर्किएका छैनन्। छोरा वेपत्ता भएपछि सोधीखोजीमा हिँडेपनि उनले जानकारी पाएकी छैनन् ।

छोराको बारेमा कुरा गर्दा उनका आँखा रसाउँछन्। छोरा बेपत्ता भए पनि राहत पाउन सकेकी छैनन्। ‘नागरिकता पनि कम उमेरको राखेर बनाइयो,’ उनी भन्छिन्, ‘बूढाबूढीको जीवन चलाउन नी गाह्रो छ ।’ सुनमायाका छोरा धनेसँगै पदमपुरकै लिलादेवी भण्डारीका श्रीमान् श्यामबहादुर लोप्चन र सोमती प्रजाका श्रीमान् रामबहादुर प्रजालाई पनि लगिएको थियो। २०५९ साल भदौ ९ गते राति तिनै जनालाई एउटै गाडीमा राखेर लगिएको लिलादेवी बताउँछिन् ।

०६१ सालको जेठ १३ गते श्रीमान् बेपत्ता भएपछि ४० वर्षीय नानु गुनी दुई छोराछोरीसँग माईतीमा बस्दै आएकी छिन्। मकवानपुरको हेटौंडा बस्ने उनले धेरै फोरममा आफ्ना कुरा राखि सकिन्। जति बताए पनि केही नहुने भएकाले हिजोआज उनलाई द्वन्द्वका घटना सुनाउन पनि दिक्क लाग्छ ।

मकवानपुरको हेटौंडाका भक्तबहादुर रेग्मीले द्वन्द्वको समयमा श्रीमती गुमाए। तिहार मनाउन सलार्हीमा रहेको माईती जान लागेकी उनकी श्रीमती चढेको बसमा बम प्रहार भयो। घटनामा घाइते भएकी श्रीमतीको उपचारको क्रममा १४ दिनपछि मृत्यु भयो। ०५९ साल कार्तिक १८ गते भएको घटनामा पाँच वर्षिय छोरी र ३ वर्षीय छोरा पनि घाइते भए। दुबै छोराछोरीको अहिले पनि नियमित उपचार गरिराख्नु पर्ने उनी बताउँछन् ।
‘अनुहार र शरीरमा टाटा छन्,’ उनी भन्छन्, ‘हातका नङ डल्ला परेका छन् ।’ गएको वर्ष मात्र केश प्रत्यारोपण गरिएको उनले बताए। लेजर सर्जरी पनि गराएका छन्। छोराछोरी दुवैलाई घामपानीबाट बचाउनुपर्ने उनले सुनाए। दुवै स्नातक तह पढ्दैछन्। पढाई राम्रो भएर पनि खर्च अभावले टेक्निकल विषय पढाउन नसकेको उनी बताउँछन्। छोराछोरीको धेरै पीर लाग्ने भएकाले स्वास्थ्य उपचार, पढाईको व्यवस्था र रोजगारीको व्यवस्था गरिदिए जीवनयापन सजह हुने उनको भनाइ छ ।

‘हाम्रा कुरा धेरै ठाउँमा राखिसक्यौं’ उनी भन्छन्, ‘कहीँबाट केही हुँदैन, न्याय कहिले पाउने ?’ पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ का केशवनाथ शुक्ला पनि द्वन्द्व पीडित हुन्। परिवारकै सदस्य गुमाएको पीडा उनीसँग नभएपनि आफ्नो धन, सम्पत्ति घर गुमाएका छन्। ०५८ सालको भदौ २३ गते उनको जिल्लामा चार वटा गाविसका सयौं घर लुटिए। बम पड्काउने र आगजनी गरियो। गाउँकै सात जनालाई एकै ठाउँमा हत्या गरिए। लठ्ठी, भाला र बन्दुकसहित आएका जुलुस सहितको समुहले उनको गाउँलाई नै तहसनहस बनाइदियो ।

घर नै गुमाएका उनीजस्ता सयौं परिवारले राहत पनि पाएनन्। ‘अपराध, अपराध नै हो, दोषीलाई सजायँ दिनुपर्ने हो’ उनी भन्छन्, ‘अहिले अपराधीलाई उम्काउने प्रयास गरिएको छ, हामी पीडितले न्याय पाउन गाह्रो छ ।’ ०६१ सालको जेठ १३ गते श्रीमान् बेपत्ता भएपछि ४० वर्षीय नानु गुनी दुई छोराछोरीसँग माईतीमा बस्दै आएकी छिन्। मकवानपुरको हेटौंडा बस्ने उनले धेरै फोरममा आफ्ना कुरा राखिसकिन्। जति बताए पनि केही नहुने भएकाले हिजोआज उनलाई द्वन्द्वका घटना सुनाउन पनि दिक्क लाग्छ ।

‘जिन्दगी त बर्बाद भैसक्यो’ उनी भन्छिन्, ‘खाटा बसेको घाउ कोट्याउने मात्र काम भएको छ ।’ उनलाई सन्तानको भविष्यको मात्र चिन्ता छ। बच्चालाई राम्रोसँग पढाउन पाए र उनीहरुले रोजगारी पाए मात्र पनि जीवन बिताउन सजिलो हुने उनी बताउँछिन्। एड्भोकेसी फोरम नेपालकी संस्थापक एवं मानवअधिकारकर्मी मन्दिरा शर्मा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको संशोधन मस्यौदाले प्रस्तुत गरेको सजायको स्वरूपमा नै विभेद रहेको बताउँछिन् ।

दण्ड अपराधको गभिर्यतासँग तालमेल हुनुपर्ने भएपनि मस्यौदा दण्डको सिद्धान्त विपरित भएको उनले बताईन्। मस्यौदामा रहेको छुटको व्यवस्था अन्तराष्ट्रिय मापदण्डविपरीत भएको उनी बताउँछिन्। ‘दोषी आँफैंले अदालतमा गउर दोष कबुल गरेमा प्रचलित कानुनमा ७५ प्रतिशतसम्म सजाँय छुट र २५ प्रतिशत सजायँ खुला कारागारमा बिताउने व्यवस्था छ,’ उनी भन्छिन्, ‘अधिकतम तीन वर्षको सामुदायिक सेवाले दण्डलाई समेट्दैन ।’सरकारले ऐन संशोधनका लागि मस्यौदाका बारेमा सरोकारवाला द्वन्द्वपीडितसँगै विभिन्न संघसंस्थाका प्रतिनिधीसँग एड्भोकेसी फोरमले छलफल गर्दा पीडितले न्याय पाउनमा धेरै ढिलाई भएको गुनासो प्रमुख रहेको उनी बताउँछिन्। आयोग स्थापना गरेर काम नहुनु, परिपुरणको व्यवस्था नगरिनु र दोषीलाई उन्मुक्ति दिने प्रयास गरिनु गलत भएको भनाई आएको उनले बताइन् ।







यसमा तपाईको मत

अन्य समाचार

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

प्रोसेसरको दौडमा इन्टेल पछि पर्दै ! ...

Ncell Footer Ad