८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

थप सैनिक पठाउन इराकद्वारा अमेरिकालाई आग्रह

बग्दाद–आफ्नो मुलुकमा थप अमेरिकी सैनिक प्रशिक्षक र सल्लाहकार पठाई सहयोग गर्नका लागि इराकले वासिङटनलाई आग्रह गरेको छ।

हाल इस्लामिक स्टेट आतङ्कवादी समूहको कब्जामा रहेको इराकको दोस्रो ठूलो सहर मोसुललाई इस्लामिक स्टेटको कब्जाबाट मुक्त गर्नका लागि सहयोगको आग्रह गरिएको प्रधानमन्त्री कार्यालयले बुधबार जानकारी दिएको छ।

मोसुललाई मुक्त गराई पूर्णतः सरकारी अधिनमा ल्याउन इराकी सुरक्षा बललाई सामरिक सल्लाह, सुझाव र तालिमका लागि पर्याप्त कुशल र दक्ष सैनिकको आवश्यकता परेको बताइएको छ।

त्यसकारण अमेरिकी सैनिक संख्यामा वृद्धि गर्न अन्तिम पटक सहयोग माग गरिएको प्रधानमन्त्री हैदर अल अबादीको कार्यालयबाट प्रकाशित विज्ञप्तिमा जनाइएको छ। रासस/एएफपी

प्रकाशित: १३ आश्विन २०७३ ११:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App