coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आजबाट दशौं चरणका खेल, मनाङको पछिपछि संकटा

काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबारबाट दशौं चरणका खेल हुँदै छन्। लिगमा शुक्रबार ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा दुई खेल सञ्चालन हुँदै छन् भने तेस्रो खेल हलचोकस्थित एपिएफको मैदानमा हुनेछ।

मुख्यालयमा हुने पहिलो खेलमा सरस्वतीले मच्छिन्द्रको सामना गर्दै छ। नौ खेलबाट १० अंक जोडेको सरस्वती जित निकाल्दै स्थान सुधार गर्ने उद्देश्यका साथ मैदान उत्रिनेछ। उता तीन खेलमा बराबरी खेल्दै तालिकामा ३ अंक मात्र बटुलेको मच्छिन्द्र पनि जितको खोजीमा मैदान उत्रिनेछ। अंक घट्ने लिगबाट बच्ने संघर्षमा रहेको मच्छिन्द्रले नौमध्ये ६ खेलमा नतिजा सुम्पिएको छ। नवौं चरणको खेलमा मात्र गोलको खाता खोलेको मच्छिन्द्र जितको स्वाद लिने दाउमा रहनेछ।

यस्तै शुक्रबारै हुने अर्को खेलमा तालिकाको छैटौं स्थानमा रहेको हिमालयन शेर्पाले तालिकाको पुछारबाट तेस्र्रो स्थानमा रहेको फ्रेन्ड्ससँग प्रतिस्पर्धा गर्दै छ। शीर्ष पाँचभित्र अटाउँदै लिग सक्ने उद्देश्यमा रहेको हिमालयनको नवौं चरणको खेल सकिँदासम्म १४ अंक छ। हिमालयनले ४ मा जित, २ मा बराबरी र तीन खेल गुमाएको छ। प्रतिद्वन्द्वी फ्रेन्ड्सको भने समान खेलबाट ५ अंक छ। एकमा जित र २ मा बराबरी खेल्दै तालिकामा ५ अंक जोडेको फ्रेन्ड्सले जारी लिगमा ६ खेल गुमाएको छ। स्थान सुधार गर्नका लागि भए पनि फ्रेन्ड्स जित्नैपर्ने दबाबमा हुनेछ।

हलचोकस्थित एपिएफको मैदानमा हुने खेलमा जावलाखेल युथ क्लबले अन्तिम स्थानमा रहेको न्युरोड टिम  (एनआरटी) को सामना गर्दै छ। लिगको पहिलो खेलमा बराबरी खेल्दै बटुलेको एक अंकबाहेक एनआरटीले अन्य कुनै पनि खेलमा अंक जोड्न सकेको छैन। त्यसैले सुखद नतिजा प्राप्त गर्नका लागि भए पनि एनआरटी जित्नै पर्ने दबाबका साथ मैदान उत्रिने पक्का छ। उता ९ खेलबाट ८ अंक बनाउँदै दशौं स्थानमा रहेको जावलाखेल पनि जितकै लक्ष्यका साथ मैदान उत्रिनेछ।

लिगमा  सबै खेलमा स्पष्ट जित निकाल्दै मनाङ मर्स्यादीले २७ अंकका साथ तालिकाको शीर्षता कायम राख्दा संकटा २४ अंकका साथ दोस्रो स्थानमा छ। समान खेलबाट थ्री स्टार २२ अंकका साथ तेस्रो स्थानमा छ भने आर्मी १८ अंकका साथ चौथो र पुलिस १५ अंकका सथा पाँचौं स्थानमा छन्।

आजका खेल
सरस्वतीविरुद्ध मच्छिन्द्र (एन्फा मुख्यालय) – ११ः०० बजे
हिमालयन शेर्पाविरुद्ध फ्रेन्ड्स (एन्फा मुख्यालय) – २ः३० बजे
जावलाखेलविरुद्ध एनआरटी (हलचोक) – २ः३० बजे

प्रकाशित: ६ पुस २०७५ ००:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App