८ वैशाख २०८१ शनिबार
समाज

नवलपरासीमा बस दुर्घटना एकको मृत्यु

बुटवल - पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको डण्डामा भएको बस दुर्घटनामा एक जना भारतीय नागरिकको मृत्यु  भएको छ। बसमा सवार २५ जना यात्रु घाइते भएका छन्।

पूर्व काँकडभिट्टाबाट बुटवलकालागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस विहिबार दुर्घटना हुँदा भारतको महाराजगंज बुलेरिया नौग्राम घर भएका ३५ बर्षका गौरीशंकर धोवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बस कावासोतीको चालिस किलो भन्ने स्थानमा सडकबाट करिब बाइस मिटर तल बस खसेको हो। घाइते मध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ। घाइते मध्ये ३ जनाको बुटवलमा ,४ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। अन्य केही यात्रु सामान्य उपचारपछि घर फर्केका छन्। बसका चालक प्रहरी नियन्त्रणमा छन्। 

 

प्रकाशित: ५ पुस २०७५ १२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App