coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

कर्णाली प्रदेश टी–२० क्रिकेट प्रतियोगिता हुने

रुकुम - रुकुम (पश्चिम) मा कर्णाली प्रदेश टी-२० क्रिकेट प्रतियाेगिता हुने भएकाे छ। जिल्ला क्रिकेट संघको आयोजनामा पुस १० गतेदेखि सुरु हुने उक्त प्रतियोगितामा कर्णाली प्रदेशका विभिन्न सात जिल्लाका टाेलीहरुले सहभागिता जनाउने भएका हुन्।

प्रतियोगितामा दैलेख, हुम्ला र जुम्ला बाहेक अन्य जिल्लाले सहभागिता जनाउने आयोजक समितिका सचिव मनिष खड्काले जानकारी दिए। सात जिल्लालाई दुई समुहमा विभाजन गरेर खेल खेलाईने छ। समुह ‘ए’ मा आयोजक रुकुम (पश्चिम) सहित डोल्पा, सल्यान र कालिकोट गरी ४ जिल्ला रहेको छन्। त्यस्तै समुह ‘बी’ मा सुर्खेत, जाजरकोट र जुम्ला गरी तीन जिल्ला रहेको सचिव खड्काले बताए। प्रतियोगिताको उद्घाटन खेल आयोजक रुकुम (पश्चिम) र डोल्पा बिचमा हुने भएको छ। सबै टीमले आ–आफ्नो ग्रुपका सबै टीमसँग खेल्ने र समुहका विजेता र उप–विजेता सेमिफाईनलमा प्रवेश गर्ने बताइएको छ।

कर्णाली प्रदेशको क्रिकेट विकासमा टेवा पुर्याउनुका साथै जिल्लालाई क्रिकेटका माध्यमबाट देशैभरी चिनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाई छ। यो प्रतियोगिता जिल्लामा अहिलेसम्मकै ठुलो भएको आयोजक समितिका अध्यक्ष दिपक बाँठाले बताए।

प्रतियोगिताको विजेताले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र तथा उप विजेताले नगद ६० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएकाे छ। प्रतियोगिता सञ्चालनको लागि २२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। प्रतियोगिता पुस १७ गतेसम्म संचालन हुनेछ।

 

प्रकाशित: ५ पुस २०७५ १२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App