१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दसैं, तिहार तथा छठमा टेलिकमको भारी छुट

काठमाडौं– नेपाल टेलिकमले  दसैं, तिहार तथा छठको अवसर पारेर जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्तालाई  विभिन्न छुट दिने घोषणा गरेको छ।  टेलिकमले जीएसएम तथा सीडीएमएका पोष्टपेड तथा प्रिपेड मोबाइलमा  निशुल्क भ्वाइस तथा एसएमएस उपलब्ध गराउने जनाएको छ।

यही असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ सम्म सय एमबीको डाटा पचास रुपैयाँ र २ सय ५० एमबीको डाटा सय रुपैयाँमा उलब्ध गराउने जनाएको हो। बिहीबार विज्ञप्ति  जारी गर्दै टेलिकमले  सय  एमबी डाटा अवधि ५ दिनसम्म तथा २५० एमबी डाटाअवधि १० दिनसम्म रहने जनाएको हो।  टेलिकमका अनुसार सो अवधिमा डाटा प्रयोगकर्ताले क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्ने छन्।

यसैगरी जीएसएम तथा सीडीएमए दुवैमा नाइट डाटा अफर उपलब्ध गराइने  टेलिकमले जनाएको छ। उक्त योजना अनुसार राति १० बजेदेखि बिहान ६ बजेसम्म  ४० रुपैयाँमा ५ सय एमबी र  ८५ रुपैयाँमा १२०० एमबी डाटा प्रयोग गर्न सकिने छ। डाटा भोल्युमको अवधि क्रमशः ७ दिन र १५ दिन हुनेछ। नाइट डाटा अफर आगामी असोज १५ देखि ३ महिना सम्म उपलब्ध गराइने टेलिकमले जनाएको छ।

 टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइल सेवामार्फत कम्पनीकै नेटवर्क भित्र हुने कलमा विद्यमान महसुल दरमा १० प्रतिशत छुट उपलब्ध गराइएको छ। सो योजना अनुसार प्रिपेड मोबाइलबाटप्रति मिनेट १ रुपैयाँ ३५ पैसा र पोष्टपेड मोबाइलबाटप्रति मिनेट ९० पैसामा कल गर्न सकिने छ।  सो असोज २२ देखि असोज २९सम्म र कात्तिक १४ देखि २१ गतेसम्म उपलब्ध गराइने  टेलिकमले जनाएको छ ।

जीएसएम तथा सीडीएमए मोबाइलमा एसएमएस शुल्क  १ भएकोमा असोज २२ देखि २९ सम्म र कात्तिक १४ देखि २१ गतेसम्म प्रत्येक एसएमएसमा ५० प्रतिशत छुट उपलब्ध गराइने टेलिकमले जनाएको छ।

 

प्रकाशित: १३ आश्विन २०७३ १०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App