काममा फर्कीए रजिष्ट्रार

बिहिबार, ०५ पुष २०७५, १६ : ०७ नगेन्द्र उपाध्याय

सुर्खेत - सर्वोच्च अदालतको अन्तरिम आदेशपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले बिहीबारदेखि कामकाज सुरु गरेका छन्। सर्वोच्चले मंगलबार प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपतिका नाममा मुद्धाको टुङ्गो नलागेसम्मका लागि कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको थियो।

विद्यार्थी प्रयोग गरेर आफ्नो अपहरण गर्ने प्रयास गरेको, कालोमोसो दल्ने प्रयास गरेको, पदीय दायित्व पूरा नगरेको लगायतका आरोप लगाएर विश्वविद्यालय सभाका १० जना सदस्यको हस्ताक्षरसहित उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष रजिष्ट्रार हटाउन निवेदन दिएका थिए। सोही अनुसार रजिष्ट्रार डा. मल्ललाई मंसिर १९ गते निलम्वन गरिएको थियो। उनको ठाउँमा यामबहादुर कार्कीलाई नियुक्त गरिएको थियो।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डम्वरबहादुर शाहीको एकल इजलासले मुद्धाको अन्तिम किनारा नलागेसम्मका लागि रजिष्ट्रार डा. मल्ललाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको थियो। बिहीबार सुर्खेत आइपुगेका डा. मल्ललाई विमानस्थलदेखि बजार परिक्रमा गराएर विश्वविद्यालयको केन्द्रीय कार्यालय पुर्याइएको थियो।विश्वविद्यालय स्थापना मूल समितिका सदस्य–सचिव हुँदै रजिष्ट्रार बनेका मल्लले आफूमाथि अनावश्यक आरोपहरु लगाएर हटाउन खोजिएको बताए।








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad