८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

तालिबानको आक्रमणमा दुई प्रहरी अधिकृतको मृत्यु

फाइल तस्बिर

अफगानिस्तान – अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा तालिबान लडाकूको आक्रमणबाट बुधबार राति दुईजना प्रहरी अधिकारीको मृत्यु भएको छ।

बाघलान प्रान्तको दहाना जिल्लाका स्थानीय प्रहरी (एएलपी) कमाण्डर सलिम कोची र अर्का प्रहरी अधिकृतको हत्या भएको प्रान्तीय प्रहरी प्रमुख अक्रमुद्दिन सारेहले बताए। विद्रोहीले उनीहरु चढेको मोटरमा घेरा हाली आक्रमण गरेका थिए।जमान खिल भन्ने स्थानमा भएको विद्रोहीको त्यस आक्रमणबाट प्रहरीका धेरैवटा सवारी साधनमा समेत क्षति पुगेको छ। उक्त स्थान प्रान्तीय राजधानी पुल–ए–खुम्रीको बाहिरी इलाका हो।

प्रहरीको जवाफी फायरिङबाट विद्रोही लडाकूहरु पनि मारिएको र घाइते भएको प्रहरीले जनाएको छ। यस आक्रमणको तालिबान लडाकू समूहले जिम्मेवारी लिएको छ। अफगानिस्तानमा सन् २०१४ को अन्त्यबाट अमेरिका आवद्ध नेटो सेनाले अफगान युद्ध सकिएको घोषणा गरेयता विद्रोहीको आक्रमण तीव्र भएको छ। युद्धबाट अफगान सैनिक हताहत हुनेक्रम बढेको छ। अफगानिस्तानमा दिनदिनै शान्तिसुरक्षाको स्थिति बिग्रिएपछि युद्धरत विद्रोहीहरुलाई वार्तामा ल्याउन प्रयास थालिएका छन्। 

प्रकाशित: ५ पुस २०७५ ०९:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App