७ वैशाख २०८१ शुक्रबार
समाज

डोल्पाका अधिकांश महिलामा पाठेघर खस्ने समस्या

डोल्पा – डोल्पाका अधिकांश महिलाहरू पाठेघर खस्ने समस्याले ग्रसित भएका छन्। प्रजनन् स्वास्थ्य सम्बन्धी ग्रामीण बस्तीहरूमा काम गर्दै आएका महिला शसक्तिकरण, कर्णाली जनजीविका सशक्तिकरण कार्यक्रम (क्लेप),वातावरणीय कृषि विकास केन्द्र (केड) लगायतका संस्थाहरूले संयुक्त रुपमा गरेको कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो।

डोल्पाली महिलामा पाठेघर खस्ने समस्याले भयाबह रुप लिँदा समेत यसको न्युनिकरणका लागि स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारबाट प्रभावकारी रुपमा कार्यक्रम तय हुन नसकेको महिला सशक्तिकरण डोल्पाका अध्यक्ष उर्मीला बिश्वकर्माको भनाइ छ। गत वर्ष मात्रै डोल्पा सदरमुकाम दुनैमा राखिएको महिला प्रजनन स्वास्थ शिबिरमा जिल्लाभरका ३ सय महिलाले जाँच गराएकोमा ४० जना महिलालाई पाठेघरको समस्या देखिएको छ। त्यसमा ९ जना महिला पहिलो चरण, ११ जना महिला दोस्रो चरण र २० जना महिला तेस्रो चरणको समस्याबाट ग्रसित भएको तथ्याङ्क छ।

शिबिरमा जटिल समस्याबाट ग्रसित ११ जनाको शल्याक्रिया गरिएको थियो। पहिलो चरणको पाठेघर खस्ने समस्याबाट ग्रसित महिलाको लागि शारीरिक ब्याम, दोस्रो चरणका समस्याबाट ग्रसित महिलालाई रिङपेसरी राख्ने जटिल प्रकारको भए दोस्रो चरणमै शल्याक्रियानै गर्नुपर्ने स्थास्थ्यकर्मी बताउँछन्। तेस्रो चरणको समस्याबाट ग्रसित महिलालाई शल्याक्रियाको बिकल्प नरहेको जिल्ला अस्पताल डोल्पाकी सिनियर अनमी गंगा ओझाले बताइन।

यस वर्ष जिल्लामा पाठेघर खस्ने समस्या भएका महिलालाई लक्षित गर्दै कुनैपनि प्रकारका शिबिर तथा कार्यक्रमहरू नभएपनि गत वर्षकै तथ्यांकलाई आधार मानिएको थियो। जिल्लाका औषत रुपमा २५ प्रतिशत धेरै महिलामा यस्तो समस्या देखिएपनि घर आँगनमै पुगेर जाँच गर्ने हो भने अधिकांश महिलामा पाठेघरको समस्या देखिने ओझाको भनाई छ।

बालविवाह, जनचेतनाको अभाव, आफ्नो समस्याको विषयमा खुलेरै अरुसँग भन्न नसक्ने स्थितीले डोल्पाली महिलामा पाठेघर खस्ने  समस्याले बढ्दै गएको पाइएको  छ। त्यस्तै कलिलो उमेरमा धेरै बच्चाबच्ची जन्माउने, स्वास्थ्य संस्थामा नगराइ असुरक्षित रुपमा घरमै सुत्केरी गराउने, सुत्केरी भएको केही दिनमै खेतबारीको काममा लाग्ने गर्नाले पनि दुर्गमका महिलामा पाठेघर खस्ने समस्या बढेको महिला प्रजननको क्षेत्रमा काम गर्दैआएका लिला टमाटाले बताए।

विकट गाउँ–घरमै पुगेर स्वास्थ्य जाँचको व्यवस्था मिलाउने हो भने ५० प्रतिशत धेरै महिलामा पाठेघरको समस्या देखिने उनको भनाई छ। मजदुरदेखि प्रधानमन्त्रीसम्म ९ महिना पाठेघरमै बसेर जन्मलिने भएकाले त्यसको संरक्षणका लागि सम्पूर्ण सरोकारवाला लाग्नुपर्ने त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख ओम बहादुर बुढाले बताए।

प्रकाशित: ५ पुस २०७५ ०७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App