फेवा अतिक्रमण

कर्ण शाक्यविरुद्धको पेसी तेस्रो पटक सर्‍यो

बिहिबार, ०५ पुष २०७५, १२ : ४० प्रशान्त लामिछाने  | @prasantaparbat

काठमाडौं– फेवातालको जग्गामा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टमाथी अदालतमा परेको मुद्दाको पेसी आज पनि सरेको छ। यो सँगै उक्त मुदामा तेस्रो पटक पेसी सरेको हो।

यस अघि दुई पटक शाक्यका कानून व्यवसायीले पेसी सारे पनि यो पटक अदालत आफैसले सारेको हो। कानुन व्यवसायी विरामी भएर वहस गर्न नसक्ने अवस्था आएमा दुई पटकसम्म पेसी स्थगित गर्न सक्ने व्यवस्था छ।

वैशाख १६ गते न्यायाधीश ओम प्रकाश मिश्र र सपना मल्ल प्रधानको इजालसले फेवाताल संरक्षणको मुल मुद्दा नं २०६७–ध–०६९४ मा रिट जारि गर्दै प्रस्तुत  शाक्यसँग समेतको मुद्दामा छानविन गर्न समिति बनाउन सरकारलाई आदेश दिएको थियो। सर्वोच्चको आदेश अनुसार वरिष्ठ नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा सरकारले जाँजवुझ समिति बनाएको थियो।

समितिले सर्वोच्चमा बुझाएको प्रतिवेदनमा शाक्यले फेवातालको संरक्षित जग्गा करिब ७० प्रतिशत मिचेको उल्लेख छ। उनले बनाएको होटल मापदण्ड विपरित भएको समेत प्रतिवेदनले भनेको छ। साथै होटलबाट निस्कने पानी हानिकारक भएको देखिएको छ।

शाक्यको रिसोर्ट मापदण्ड विपरित भएको भन्दै स्थानीयले समेत भत्काउन माग गर्दै आएका छन्। तालको २०१८ सालको नापी अनुसार फेवाताल २० हजार १ सय २८ रोपनी क्षेत्रफलमा फैलिएको थियो। तर मानवीय र प्राकृतिक अतिक्रमणका कारण उक्त क्षेत्रफल खुम्चिएको छ। ०१८ सालकै नापी अनुसार तालको संरक्षित क्षेत्र ४५ वर्ग मिल अर्थात २ लाख २६ हजार ४ सय ४१ रोपनी रहेको छ।

तालको पुरिएको जमिन र ताल लाभान्वित जमिनमा कुनै पनि उद्योग दर्ता नगर्नु र त्यहाँ कुनै पनि निर्माण कार्य नगर्नु र त्यहाँ कुनै पनि उद्योग सञ्चालन अनुमति नदिनु भन्ने रिटको मुख्य विषय रहेको छ।

अधिवक्ता खगेन्द्र सुवेदीले २०६८ असार २३ मा उक्त रिट दायर गरेका थिए। उक्त मुद्दा प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश सपना प्रधान मल्लको इजलासले हेर्दै आएको छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad