coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रवास

जनसम्पर्क समितिले कांग्रेस महासमितिमा उठाए दोहोरो नागरिकताको विषय

काठमाडौं-  काठमाडौंमा चार दिनदेखि जारी काँग्रेस महासमिति बैठकमा गैरआवासीय नेपालीले उठाउँदै आएको दोहोरो नागरिकताको मुद्दाले प्रवेश पाएको छ। विभिन्न विषयगत छलफलमा सहभागीहरुले बोल्ने क्रममा गैरआवासीय नेपाली संघका आईसीसी सल्लाहकार समेत रहेका काँग्रेस महासमिति सदस्य हरिबोल भण्डारीले प्रवासमा रहेका नेपालीका लागि दोहोरो नागरिकताको लागि पार्टीले धारणा बनाउनु पर्नेमा जोड दिए।

महासमिति सदस्य हरिबोल भण्डारीले बैठकमा बोल्ने क्रममा पार्टीका पूर्व सभापति सुशील कोईराला प्रधानमन्त्री भएको बेला गैरआवासीय नेपालीलाइ नागरिकता दिने कुरा सविधानमा सुनिश्चित हुँदा प्रवासमा काँग्रेस पार्टीप्रति सकारात्मक भावना आएको दावी गर्दै प्रवासमा रहेका नेपालीहरुका लागि दोहोरो नागरिकता महासमितिको एजेण्डा बनाउन जोड दिए। उनले प्रवासी नेपालीलाई मताधिकारको व्यवस्था गर्नुपर्ने र जनसम्पर्क समितिहरु मध्येबाट एक जना पार्टीको केन्द्रिय सदस्य सहभागिता सुनिश्चित गरिनु पर्ने लगायत विषयमा बोलेका थिए।

जारी महासमितिको बैठकमा विश्वभरका २१ देशको जनसम्पर्क समितिहरुबाट ३ जनाका दरले ६३ महासमिति सदस्य रहेका छन्।

प्रकाशित: ५ पुस २०७५ ०६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App