८ वैशाख २०८१ शनिबार
समाज

बस खस्दा एक भारतीयको मृत्यु, चारकाे अवस्था गम्भीर

कावासोती - पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१४ मा बिहीबार बिहान बस अनियन्त्रित भई खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना४ख ७०४६ नम्बरको बस कावासोती–१४ स्थित झिनकी भणरिनिया खोलामा खसेको  जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक रमेश थापाले बताए। उनका अनुसार बस खस्दा भारतको महाराजगञ्ज घर भएका ३५ वर्षीय गौरीशङ्कर धोवीको मृत्यु भएको हाे।

दुर्घटनामा परी घाइते भएका २५ मध्ये चारको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(पूर्व)ले जनाएकाे छ।  घाइते दुईको भरतपुर, दुईको बुटवल र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । करिब ३५ जना यात्रु सवार रहेको बस सडकदेखि २५ मिटर तल खसेको थियो। रासस

प्रकाशित: ५ पुस २०७५ ०६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App