१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आइपिएल अक्सन : १६ वर्षिय खेलाडीलाई १ करोड ५० लाख

जयपुर – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटका फ्रेन्चाइज टोलीले अनक्याप खेलाडीमाथि उच्च मूल्य गरेको यस सिजनको अक्सन बुधबार सम्पन्न भएको छ।

मंगलबार ‘ए’ क्लास क्रिकेटका खेलिरहेका वरुण चक्रवर्थीलाई किङ्स–११ पन्जाबले ८ करोड ४० लाख भारुमा किनेसँगै अन्यले पनि युवा खेलाडीमाथि ठूलो बोली लगाएका थिए। पन्जाबले अधिकतम मूल्यभन्दा ४० गुणा बढी वरुणमाथि खर्च गरेको थियो।

कुल ८२ करोडमध्ये पन्जाबले ७८ करोड ३० लाख खर्च गर्दा तीव्र गतिका बलर मोहम्मद सामीलाई ४ करोड ८० लाखमा खरिद गर्यो। पन्जाबले लोकेश राहुललाई ११ करोड र रविचन्द्रन आश्विनलाई ७ करोड ६० लाखमा रिटर्न गर्न सफल भयो।

अर्को फ्रेन्चाइज रोयल च्यालेन्जर्स बैंगलोरले पनि १६ वर्षे प्रयास रे बर्मनको लागि एक करोड ५० लाख खर्च गरेर चकित पारेको छ। मंगलबार पनि विराट कोहलीको बैंगलोरले शिवम दुबेमाथि पाँच करोड खर्च गर्दै युवा खेलाडीमाथि भरोसा गरेको थियो।

दिल्लीले स्पिनरद्वय अक्षर पटेललाई पाँच करोड र अमित मिश्रालाई चार करोडमा किनेपछि नेपालका स्पिनर सन्दीपले खेल्ने पाउने सम्भावना कम भएको छ।

बैंगलोरले अलराउन्डर मार्कस स्टोइनिसलाई ६ करोड २० लाखमा अक्सनमार्पmत खरिद गरेको थियो। यस क्रममा बैंगलोरले ८२ करोडमध्ये ८० करोड २० लाख खर्चियो। नेपालका युवा स्पिनर सन्दीप लामिछानेलाई रिटर्न गरेको दिल्ली क्यापिटलले ८२ करोडमध्ये ७४ करोड ३० लाख खर्चिएको छ।

दिल्लीले अक्सनमा कोलिन इनग्राममाथि सर्वाधिक ६ करोड ४० लाख खर्चिंदा स्टार ब्याट्सम्यान शिखर धवनलाई पनि ५ करोड २० लाखमा आफ्नो बनाएको छ। दिल्लीले स्पिनरद्वय अक्षर पटेललाई पाँच करोड र अमित मिश्रालाई चार करोडमा किनेपछि नेपालका स्पिनर सन्दीपले खेल्ने पाउने सम्भावना कम भएको छ।

सनराइजर्स हैदरबादले भने अक्सनमा अलराउन्डर विजय शंकर र बलर सहबाज नदिमलाई ३ करोड २० लाख खर्चंदा टिमका लागि कुनै खेलाडीमाथि सबैभन्दा बढी खर्चिएको थियो। अस्ट्रेलियन ब्याट्सम्यान डेविड वार्नरलाई १२ करोड ५० लाखमा रिटर्न गरेको हैदरबादले कुल ७६ करोड ७० लाख खर्चिंदा पाँच करोड ३० बचाएको थियो।

राजस्थान रोयल्सले अक्सनमा जयदेव उनाडकटमाथि सबैभन्दा बढी ८ करोड ४० लाख खर्च गरेको थियो। राजस्थानले दोस्रो कम मूल्यमा बलर करुण अरुणलाई २ करोड ४० लाख खर्चिएको थियो। राजस्थानले स्टेभन स्मिथलाई र बेन स्टोक्सलाई समान १२ करोड पचास लाखमा रिटर्न गरेको छ।

मुम्बई इन्डियन्सले कुल ७८ करोड ४५ लाख खर्च गर्दा अक्सनमा बलर बरिन्दर सरानमाथि सर्वाधिक ३ करोड ४० लाखमा आफ्नो बनाएको छ। मुम्बईले अनुभवी खेलाडी लासिथ मालिंगालाई दुई करोड र युवराज सिंहलाई करोडमा खरिद गरेको छ। मुम्बईले रोहित शर्मालाई १५ करोड र हार्दिक पाण्ड्यालाई ११ करोडमा रिटर्न गरेको थियो।

कोलकाता नाइट राइडर्सले कुल ७५ करोड ९५ लाख खर्च गर्दा अक्सनमा कार्लोस ब्राथवेटलाई पाँच करोडमा आफ्नो बनाएको थियो। कोलकाताले सुनील नारेनलाई रिटर्न गर्न १२ करोड ५० लाख खर्चिएको थियो। चेन्नाई सुपर किङ्सले कुल ७८ करोड ८० लाख खर्च गर्दा अक्सनमा मोहित शर्मामाथि सर्वाधिक ५ करोड खर्च गरेको थियो।

चेन्नईले महेन्द्र सिंह धोनीलाई १५ करोड, सुरेश रैनालाई ११ करोड, रवीन्द्र जडेजालाई ७ करोड र ड्वायने ब्राभोलाई ६ करोड ३० लाखमा रिटर्न गरेको थियो। यस सिजनको आइपिएल पनि आगामी अप्रिल मेसम्म हुनेछ। गत वर्षको च्याम्पियन चेन्नईसँगै थप ७ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। 

प्रकाशित: ५ पुस २०७५ ०४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App