coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जोनसन एन्ड जोनसन बेबी पाउडरको नमूना जफत

नयाँ दिल्ली - भारतको केन्द्रीय औषधि नियामक निकाय ‘सेन्ट्रल ड्रग्स स्ट्यान्डर्ड कन्ट्रोल अर्गनाइजेसन’ सिडिएससिओले बालबालिकाका लागि पाउडर उत्पादन गर्ने जोनसन एन्ड जोनसनको हिमाञ्चल प्रदेशस्थित बड्डीमा रहेको प्लान्टबाट नमूना जफत गरेको छ।

जोनसन एन्ड जोनसनको कच्चा तथा तयारी पाउडर परीक्षण गर्दा कहिलेकाहीं क्यान्सर गराउने महत्व (एस्बेस्टोस) भेटिएको भन्नेबारेको एउटा लेख लन्डन आधारित समाचार एजेन्सी रोयटर्सले गत साता प्रकाशित गरेको थियो। रिपोर्ट प्रकाशित भएपछि जोनसन एन्ड जोनसनको बजार मूल्यमा भारी गिरावटसमेत आएको छ। नाम उल्लेख गर्न इन्कार गर्ने एउटा स्रोतका अनुसार कम्पनीको प्लान्टबाट मंगलबार राति पाउडरको नमूना जफत गरिएको थियो। 

हिमाञ्चल प्रदेशमा गरिएको नमूना जफतबारे कम्पनीले भने तत्काल कुनै प्रतिक्रिया जनाएको छैन। यसबारे भारतको केन्द्रीय औषधि नियामक निकाय सिडिएससिओले पनि यसबारे कुनै प्रतिक्रिया नजनाएको समाचार एजेन्सी रोयसर्टले उल्लेख गरेको छ। 

जोनसन बेबी पाउडरले क्यान्सर गराउनेबारेको रिपोर्ट सार्वजनिक भएपछि परीक्षणका लागि नमूना जफत गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। रोयटर्सले गत साता प्रकाशित गरेको विवरणअनुसार आफ्नो उत्पादनमा क्यान्सर गराउने कण रहेको भन्नेबारे कम्पनीलाई दशकौंदेखि जानकारी रहेको थियो। कम्पनीले मंगलबार एउटा विज्ञप्ति सार्वजनिक गर्दै रोयटर्सले गत साता प्रकाशन गरेको विवरण एकतर्फी, झुटा र उत्तेजना फैलाउने खालको रहेको जिकिर गरेको थियो। 

 

प्रकाशित: ५ पुस २०७५ ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App