coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मोनोरेलको डिपिआर सम्झौता

 

कठमाडौं– उपत्यकामा मोनोरेल सञ्चालनमा ल्याउन प्रारम्भिक अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन सम्झौता गरिएको छ। काठमाडौं र ललितपुर महानगरपालिकाले चक्रपथमा मोनोरेल सञ्चालनको लागि एक चिनीयाँ कम्पनीसँग डिपिआर सम्झौता गरेका हुन्।

बुधबार एक कार्यक्रमबीच चाइना रेलवे ब्युरो ग्रुप कर्पोरेट लिमिटेड (सीआरसीसी) सँग डिपिआर सम्झौता गरिएको हो। सम्झौतामा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र कम्पनीका पदाधिकारीबीच हस्ताक्षर भएको थियो। डिपिआर आगमी वर्षदिनमा तयार गरिसक्नुपर्नेछ। तर, प्रारम्भिक प्रतिवेदनअनुसार आयोजनाको डिपिआर निर्माणका लागि ६ महिना लाग्ने भनिएको थियो। यसअघि पनि चक्रपथमा मोनोरेलको सम्भाव्यता अध्ययन गरिएको थियो। उक्त अध्ययनले चक्रपथमा मोनोरेल सम्भव देखाएपछि डिपिआर बनाउने तयारी थालिएको छ।
सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार मोनोरेल निर्माण गर्न तीन वर्ष लाग्नेछ। सरासर काम भएमा डिपिआर बनाउने सहितको समय जोड्दा चार वर्षमा मोनोरेल सञ्चालनमा आउँछ। मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब रुपियाँ लाग्ने प्रारम्भिक अनुमान छ। सो रकम महानगरपालिकाले मात्रै जुटाउन नसक्ने हुँदा प्रदेश र संघीय सरकारले पनि सघाउनुपर्ने धारणा मेयर शाक्यको छ।

 

प्रकाशित: ५ पुस २०७५ ०१:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App