८ वैशाख २०८१ शनिबार
समाज

प्रहरी–विद्यालय सम्पर्क समिति गठन

काठमाडौं– महानगरीय प्रहरी वृत्त कमलपोखरीले विद्यालय तहमा प्रहरी–विद्यालय सम्पर्क समिति गठन गरेको छ। नेपाल प्रहरीले गृह मन्त्रालयको कात्तिक ११ को निर्णयअनुसार विद्यार्थीलाई ट्राफिक सचेतना, साइबर अपराध, दुर्व्यसन सम्बन्धि तालिम दिएर सचेत गराउन प्रहरी–विद्यालय सम्पर्क अघि बढाएको छ। 

यसैअन्तर्गत बुधवार अल्बर्ट इङ्गलिस सेकेण्डरी बोर्डिङ स्कुलमा समिति गठन गरिएको हो। कमलपोखरी वृत्तका प्रमुख डिएसपी रवीन्द्रनाथ पौडेलको उपस्थितीमा विद्यालयका अध्यक्ष शम्भुप्रसाद पोखरेलको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको हो। 

समितिको सदस्यमा विद्यालयकी प्रिन्सिपल सुजिता अधिकारी, सामुदायिक प्रहरी कार्यालय नक्सालका प्रमुख प्रहरी नायव निरीक्षक बसन्तकुमार थापा, कक्षा ८ का छात्रा आशिका दाहाल, कक्षा ९ की रिता कोइराला, कक्षा ८ का छात्र रुपेश रावल, कक्षा ९ का आर्यन हमाल, अभिभावकद्वय भुमा लिम्बु र कमलराज भट्ट रहेका छन्। 

समितिले प्रहरीसँग सहकार्य गरेर सामाजिक जागरण, साइबर अपराध, दुर्व्यसनी लगायतका विषयसँग सम्बन्धि तालिम दिएर विद्यार्थीलाई सचेत गराउने संयोजक पोखरेलले बताए। उनले आफ्नो विद्यालयमा अनिवार्य रुपमा छात्रालाई आत्मरक्षा तालिम दिने योजना सुनाए। ‘हरेक विद्यार्थीले प्रहरी म भन्ने भूमिका निभाउनुपर्छ। आफू पनि प्रहरी हुँ भन्ने भावना अघि बढाउन जरुरी छ। यसो भयो भने परिवार र समाजलाई परिवर्तन गर्न सकिन्छ’, उनले भने। यो कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने संयोजक पोखरेलको विश्वास छ। 

कमलपोखरी वृत्तका प्रमुख डिएसपी पौडेलले प्रहरी र नागरिकबीच सहकार्य अति आवश्यक रहेको भन्दै स्थानीय तह, समुदाय, प्रहरी र विद्यालय मिलेर यो कार्यक्रमलाई सफल बनाउनुपर्ने बताए। विद्यार्थीलाई ट्राफिक, साइबर अपराध तालिम, प्रहरी कार्यालय भ्रमण लगायतका गतिविधिमा संलग्न गराउने र आवश्यक परे विशेषज्ञ समेत झिकाएर सचेत बनाइने उनले बताए। नागरिकले प्रहरीलाई सूचना दिने वातावरण निर्माण गर्न र विश्वासको अभिवृद्धि यो कार्यक्रमले सघाउने उनको विश्वास छ। 

काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्कीले प्रहरीको यो कार्यक्रमले समाज परिवर्तनमा सकारात्मक भूमिका खेल्ने भन्दै महानगरबाट पूर्ण सहयोग हुने स्पष्ट पारे। प्रोफेसर यादवप्रसाद पन्त र गोपाल पाेखरेलले यो कार्यक्रम सफलता र निरन्तरताको शुभकामना दिए। 

४ वडाका ३१ स्कुलमा समिति 

महानगरको ४ वडा कार्यक्षेत्र पर्ने कमलपोखरी प्रहरी वृत्तले हालसम्म ३१ विद्यालयमा प्रहरी–विद्यालय सम्पर्क समिति गठन गरेको छ। वृत्त प्रमुख डिएसपी पौडेलका अनुसार वडा नम्बर १ मा ७, ४ मा ६, ५ मा १० र ३० नम्बरमा ८ वटा विद्यालयमा समिति गठन गरिसकिएको छ। समिति गठन गरेका केही विद्यालयमा सचेतनामुलक कक्षाहरु समेत दिइरहेको डिएसपी पौडेले बताए। 

प्रकाशित: ४ पुस २०७५ १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App