७ वैशाख २०८१ शुक्रबार
राजनीति

राजकीय सम्मान विनै पूर्वप्रधानमन्त्री गिरीको अन्त्येष्टि

काठमाडौं– पूर्व प्रधानमन्त्री तथा बरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको बुधवार पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ। पूर्व प्रधानमन्त्री भए पनि राजकीय सम्मान लिन अस्वीकार गर्दै डा. गिरीको इच्छा अनुसार सामान्य मानिससरह अन्त्येष्टि गरिएको हो। 

पञ्चायती व्यवस्थाको ‘आर्किटेक्ट’ मानिने गिरीको मंगलवार विहान निधन भएको थियो। कलेजोको रोगवाट पीडित रहदैँ आएका डा. गिरी सक्रिय राजतन्त्रको पक्षधर थिए, उनी दलीय व्यवस्थाको विरोधी थिए, जुन अडान अन्तिम समयसम्म राखेर विदा भए। २०१९ सालमा मन्त्रिपरिषदका अध्यक्ष भएका डा. गिरी ३०३२ सालमा मुलुकका २३ औं प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

बुढानिलकण्ठस्थित निवासवाट उनको पार्थिव शरीर सेतो फूलले सजाएर पशुपति आर्यघाट लगिएको थियो। अन्तिम श्रद्धाञ्जलि दिन राप्रपा अध्यक्ष कमल थापालगायत पूर्व राजावादीहरु आर्यघाट पुगेका थिए। पशुपति विकास कोषलाई ४ हजार शुल्क तिरेर उनको दाहसंस्कार गरिएको थियो। मृतक डा.गिरीका धर्मपत्नी साहारा योञ्जन गिरीसहित २ छोरा र २ छोरी गरी ४ सन्तान रहेका छन्।

प्रकाशित: ४ पुस २०७५ ११:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App