पत्रकार मारिने क्रम बढ्योः सीपीजे

बुधबार, ०४ पुष २०७५, १३ : ५९ नागरिक

न्युयोर्क– पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट(सीपीजे)ले सन् २०१८मा गतवर्षभन्दा मारिने पत्रकारको संख्या बाढेको जनाएको छ। विश्वभरमा रिपोर्टिङकै क्रममा ३४जनासहित जम्मा ५३ जना पत्रकारले ज्यान गुमाउनु परेको सीपीजेले जनाएको हो । 

सीपीजेले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा इस्तानबुल स्थित साउदी दुतावासमा हत्या गरिएका पत्रकार जमाल खसोग्गीको हत्याले विश्व राजनीतिक परिवेशमै संवेदनशील विषय बनेको औल्याइएको छ। उक्त हत्यामा साउदी राजकुमार महम्मद विन सलमान संलग्न रहेको आरोप लाग्दै आएको छ।

सीपीजेका अनुसार यो वर्ष अफगानस्थान पत्रकारका लागि सबैभन्दा खतरनाक मुलुक भएको छ जहाँ १३ पत्रकारले ज्यान गुमाएका छन्। त्यहाँ स्लामिक स्टेटले गराएका आत्मघाती बम हमला, शैन्य कारबाहीलगायतका आवस्थामा पत्रकार जोखीममा पर्ने गरेको औल्याइएको छ। 

सीपीजेले गत जुन २८मा मेरिल्याण्डस्थित क्यापिटल गजेटको कार्यालयमा भएको आक्रमणलाई पनि गत वर्षको सम्बेदनशील घटना भनेको छ। पत्रिका विरुद्ध मानहानी सम्बन्धी मुद्दा हारेपछि उक्त आक्रमण भएको जनाइएको छ।

यो वर्ष पत्रकारलाई बन्दी बनाउने क्रम पनि बढेको प्रतिवेदनमा उल्लेख छ। टाइम म्यागेजिनले गत साता जेलमा राखिएका र हत्या गरिएका पत्रकार लाई वर्ष व्यक्ति वर्षका रुपमा सम्मान गरेको थियो। यसमा खसोग्गीसहित फिलपिन्सको जेलमा बन्दी बनाइएकी मारिया रेसा, म्यानमारमा बन्दीबनाईएका वा लोन र क्यावु सो ओ तथा क्यापिटल गजेटका कर्मचारीलाई वर्ष व्यक्ति भनिएको थियो।

सीपीजेले आफ्नो प्रतिवेदनमा स्लोभाकियामा भ्रष्टाचारको रिर्पोटिङमा रहेका अनुसन्धान संबाददाता जान खुचिक माथि भएको गोली प्रहार,तथा माल्टामा यस्तै अनुसन्धानमै रहेका पत्रकार डाफ्ने करुआना गालिजाको कारमा विष्फोट गरी हत्या गरेको लाई गम्भीर घटनाका रुपमा औल्याइएको छ।प्रतिवेदनमा मेक्सिकोमा कम्तिामा ४ जना ब्राजिलमा २ र प्यालेस्टाइजनमा २ जना पत्रकार मारिएको उल्लेख छ। 

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad