काठमाडौं– खानेपानी मन्त्रालयले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना निर्धारित समयभित्र सम्पन्न गर्ने दाबी गरेको छ। आयोजना निर्माणमा संलग्न इटलियन कम्पनी कोअपरेटिभ मुरातोरी सिमेस्ट्री(सिएमसी)ले आयोजना निर्माणको अन्तिम समयमा आएर काम छाडे पनि मन्त्रालयले भने समस्या समाधान गरेर समयसीमा भित्रै काम सक्ने दाबी गरेको हाे।
सम्पन्न गर्ने समयसीमा ४६दिनमात्र बाँकी रहदा सीएमसीका प्रमूख म्यानेजर क्रिष्टियानो ग्रेसहितको टोलीले निर्माण कार्य छाडेर हिडेका थिए।
सिएमसीले भूकम्प, नाकाबन्दीलगायत विभिन्न कारणले आयोजना निर्माणमा भएको ढिलाइका कारण निर्माण कम्पनीले थप क्षति व्यहोर्नुपरेको भन्दै क्षतिपूर्ति रकम आयोजना समक्ष मागदाबी गरेको थियो। तर सो बापतको रकम आयोजनाबाट पाउन नसकेपछि सिएमसीले २ साताअघि नै काम छाड्ने सूचना दिएको थियो। तर आयोजनाले समयमै सुनुवाई नगरेकाे भन्दै उनीहरु काम छाडृेर स्वदेश फर्कन खोजेका थिए।
तर सरोकारवाला खानेपानी मन्त्रालयले भने ठेकेदारले एकतर्फीरुपमा लापरवाही गरी काम छाडेको आरोप लगाएको छ। गत आइतबार म्यानेजर ग्रेसहितका आठ जनालाई नियन्त्रणमा लिएर उनीहरुको राहदानीसमेत सरकारले जफत गरेको छ।
मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘पछिल्लो समय ठेकेदार कम्पनीका कामदारहरूको लापरवाहीले गर्दा विकसित परिस्थितीले आम जनतामा आयोजनाप्रति भ्रम सिर्जना भएको छ। तर निर्धारित कार्यतालिका प्रभावित नहुने गरी आयोजनाको निर्माण कार्यका लागि विभिन्न विकल्पमा छलफल भइरहेको छ।' मन्त्रालयले सोमबार र मंगलबार समस्या समाधानका लागि मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीका प्रतिनिधि, परामर्शदाता इप्टिसा, एसियाली विकास बैँकलगायत सरोकारवाला संस्था र ब्यक्तिहरुसँग विभिन्न चरणमा परामर्श गरेको छ।
मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरका अनुसार कानुनअनुसार जुनसुकै विकल्प प्रयोग गरेर भए पनि अयोजना समयमै सकिनेछ। विज्ञप्तीमा भनिएको छ, ‘अहिलेकै(सीएमसी) ठेकेदारले काम नगर्ने अवस्थामा पनि समयसीमा भित्रै आयोजन सम्पन्न गर्न मन्त्रालय तयार छ’ स्रोतका अनुसार ठेकेदार कम्पनीले कानुन अनुसार राखेको करिब ३ अर्व रुपैयाँ घरौटी जफत गरेर सरकार आफैले काम बढाउने विकल्पमा पनि छलफल भएको छ। मन्त्रालयले परामर्शदाता कम्पनी इटिप्सालाई आयोजनाको सुरुङको प्राविधिक अवस्था मूल्याकंन गरी एक साता भित्र प्रतिवेदन पेश गर्न पनि निर्देशन दिएको छ।
मेलम्ची आयोजना वि.सं. २०६५ सालमा सीआरसीसी नामक चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। तर उक्त कम्पनीले काममा लापरवाही गरेपछि वि.सं. २०६९ आसोज ९ गते निमार्ण सम्झौता भंग भएको थियो। खानेपानी मन्त्रालय अन्तरगतको मेलम्ची खानेपानी विकास समितिले सीएमसी कम्पनीसँग ३६ महिनाभित्र आयोजना सम्पन्न गर्नेगरी वि.सं. २०७० असार ३१ गते दोस्रो निर्माण सम्झौता गरेको थियो। सीएमसी कम्पनीसँग ७ अर्ब ७२ करोड ३४ लाख ७१ हाजार ३ सय ४२ रुपैयाँमा सम्झौता भएको थियो। आयोजनाकाे ९० प्रतिशत भन्दाबढी निर्माण कार्य सम्पन्न भएको छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...
कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...
आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...
नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...
नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...
होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...
यसमा तपाईको मत